सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजेसम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उनलाई आगामी ४ वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिको लागि नियमनकारी निकाय बीमा समितिमा पठाउने बैठकले निर्णय गरेको छ । हाल खड्काले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेको छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त भएकी छिन् । चैत १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी विकास बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।