सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ ७ गतेदेखि नै लागू हुने गरी संस्थापक सेयर समूहतर्फको प्रतिनिधित्व गर्ने गरी झालाई भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा नियुक्त गरेको हो ।

नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुत्त

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिमा नियुक्त गरेको हो । बैंकका सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा वस्ती नियुक्त भएका हुन् । कोषले वस्तीलाई सञ्चालकको रुपमा नियुक्त गरी पठाएपछि बैंक सञ्चालक समितिले उनलाई नियुक्ति दिएको हो ।

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त, बैंकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । जेठ ४ गते मंगलबार बसेको ३६२औं सञ्चालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालकमा नियुक्त गरको हो । बैंठकले आगामी असार १ गतेदेखि लागु हुने गरि ज्ञवालीलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । सुदेश खालिङको राजिनामा पछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा अनिल ज्ञवालीलाई नियुक्त गरिएको हो । नवनियुक्त स्वतन्त्र संचालक ज्ञवालीसँग बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पुर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।