सारथी नेपाल लघुवित्तको सीईओमा रामबहादुर खड्का

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामबहादुर खड्का नियुक्त भएका छन् । बैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म संस्थाको कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैंजु नियुक्त भएकी छिन् । बैंशाख १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सैंजुलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक सैंजुले बैशाख १४ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षसम्म बैंकको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छिन् ।

ग्लोबल आईएमई लघुवित्तको सीईओमा हरिकृष्ण जोशी नियुक्त

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको सीईओमा जोशीलाई नियुक्त गरेको हो । बैठकले बैशाख १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी करारीय सम्झौतामा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् । नवनियुक्त सीईओ जाेशीले २०७७ पुस १६ गतेदेखि कामु सीईआको पदभार सम्हालेका थिए । त्यस्तै, कामु सीईओको पदभार सम्हाल्नु अघि जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।