नेपाल हाइड्रोको सीईओमा शेषकुमार ढुङ्गाना
काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेषकुमार ढुङ्गाना नियुक्त भएका छन् । फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त ढुङ्गानाले फागुन २० गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले गरे पदवहाली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले पदवहाली गरेका छन् । कम्पनीको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका बिमल प्रसाद ढकाल र कृष्णराज लामिछानेले फागुन ११ गते पदवहाली गरेका हुन् । सञ्चालक समितिमा सर्वसाधारण समूह ‘ख’ का सेयरवालाको प्रतिनिधित्व गर्ने गरि सञ्चालक पदमा निर्वाचित भएका दुई सञ्चालकले फागुन ११ गते बसेको बैठकको अवसरमा पदबहाली गरेका हुन् । त्यस्तै, उक्त बैठकले सर्वसाधारण समूह अन्तर्गत सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका प्रकाश मुन्दराले राजिनामा दिएका छन् । उनले २०औं वार्षिक साधारणसभाको मिति पश्चात लागू हुने गरी राजिनामा दिएका हुन् । कम्पनीको २०औं वार्षिक साधारणसभा गत माघ २८ गते सम्पन्न भएको थियो । सम्बन्धित समाचार नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित
नबिल बैंकको सञ्चालकमा उपाध्याय नियुक्त
काठमाडौं । नबिल बैंकको सञ्चालक पदमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । उनी बैंकको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यससँगै उनले सोहि दिन पदबहाली गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।