गण्डकी र सुदूरपश्चिमका नव नियुक्त प्रदेश प्रमुख को हुन् ?
काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नयाँ व्यक्तिलाई नियुक्त गरेको छ । सरकारले गण्डकीका हालका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ । गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । नी एमालेको भातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् । त्यस्तै सुदूरपश्चिमका नव प्रदेश प्रमुख गंगा प्रसाद यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी यसअघि राप्रपा नेपालका नेता थिए । राप्रपा गठन भएदेखि नै पार्टीमा सक्रिय नेता राप्रपाका संस्थापक नेता उनी थिए । उनी २०७४ मा एमालेमा प्रवेश भएका थिए ।
पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः पाण्डे र अर्याल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका दुई सञ्चालक पाण्डे र अर्यालको पदावधि यहि बैशाख २१ गतेदेखि समाप्त हुँदै थियो । यससँगै बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले दुई सञ्चालकलाई पुन नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णयलाई कम्पनीको अगामी वार्षिक साधारणसभाले अनुमाेदन गर्ने छ । कम्पनीका सञ्चालक पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् । त्यस्तै, सञ्चालक डा. अर्याल राष्ट्रिय बीमा कम्पनीका सीईओ हुन् ।
नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्ने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने भएको छ । बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । बैठकले खत्रीलाई आगामी ४ वर्षको लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतीको लागि कम्पनीले बीमा समितिमा निवेदन समेत गरिसकेको छ ।