रिलायबल नेपाल लाइफका सीईओ लोहनीले पाए निरन्तरता, साउन १८ गतेदेखि लागू हुने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । गत साउन १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ लोहनीको कार्यकाल थप्ने निर्णय गरेको थियो । उक्त निणर्यलाई बीमा समितिले आज (साउन १२ गते) स्वीकृत गरेसँगै उनको कार्यकाल आगामी ४ वर्ष सम्मको लागि थपिएको हो । चार वर्ष अघिदेखि इन्स्योरेन्सको सीईओ पदमा रहेका उनको हालको कार्यकाल आगामी साउन १७ गतेदेखि सकिँदै छ । यससँगै उनले आगामी साउन १८ गतेदेखि आगामी चार वर्षसम्म इन्स्योरेन्समा रहेर सीईओको कार्यभार सम्हल्ने छन् ।
नेपाल उद्योग परिसंघको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित
काठमाडौं । नेपाल उद्योग परिषघको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट उनी सर्बसहमतिमा उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । परिसंघमा ७ जना उपाध्यक्ष चयन भएका छन् । त्यसमा ढकालसहित निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, र रोहित गुप्ता चयन भएका हुन् । साधारणसभाबाट यसअघि नै विष्णुकुमार अग्रवाल अध्यक्ष चयन भएका छन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । उपाध्यक्षमा चयन भएको ढकाल आईएमई ग्रुपका कार्यकारी प्रबन्ध निर्देशक छन् । उनका दाई चन्द्रप्रसाद ढकाल ८ महिना अघि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । महासंघका शेखर गोल्छापछि ढकाल अध्यक्ष हुनेछन् । परिसंघमा वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल वा निर्वाण चौधरी मध्ये एक हुने सम्भावना रहेको छ । राजेश परिसंघका पुराना र सक्रिय मध्ये उद्योगपति हुन् । निर्माण विनोध चौधरीका छोरा हुन् । उपाध्यक्ष कृष्णप्रसाद अधिकारी चितवनका व्यवसायी हुन् भने बीरेन्द्रराज पाण्डे निर्माण व्यवसायी हुन् । राजबहादुर शाह जाउलाखेल डिष्ट्रलरी ग्रुपका प्रबन्ध निर्देशक हुन् ।
आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त, महिना दिनपछि कार्यभार सम्हाल्ने
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुवकुमार पौडेल नियुक्त भएका छन् । साउन ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले उनलाई भदौ १० गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । यससँगै सीईओ पौडेलले सो दिनदेखि आगामी ४ वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् । हाल संस्थाको सीईओ पदको कार्यभार दामोदर जोशीले सम्हालिरहेका छन् ।