हिमालयन रिले उच्च व्यवस्थापनमा ३ जना विदेशी ल्याउँदै, श्रम स्वीकृति माग्दै समितिमा पत्राचार

हिमालयन रिको संचालक समिति काठमाडौं । संचालनमा आउन लागेको हिमालयन रिइन्स्यारेन्स कम्पनीले उच्च व्यवस्थापनको ३ जना विदेशी नागरिक ल्याउन लागेको छ । कम्पनीले ल्याउन लागेको ३ जना उच्च व्यवस्थापनका अधिकारीको श्रम स्वीकृति बीमा समितिमा पत्राचार गरेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आर चन्द्रशेखरनलाई ल्याउन खोजेको छ । चन्द्रसेखरन भारतको ख्यातिप्राप्त कम्पनी जनरल इन्स्योरेन्स कर्पाेरेसन (जीआईसी) र ओमानको पुनर्बीमा कम्पनी ओमान रिमा पनि काम गरिसकेका व्यक्ति हुन् । बीमा बजारमा उनको ४५ वर्षभन्दा लामो अवधिको अनुभव रहेको बताइएको छ । यस्तै, हिमालयन रिले डेपुटी सीईओमा मुकेश कुमार कपुरलाई ल्याउन खोजेको छ । कपुर ओरेन्टल इन्स्योरेन्स कम्पनीको पुनर्बीमा विभागमा काम गरेर अवकाश पाएका व्यक्ति हुन् । कपुरले नेपालमा रहेको ओरेन्टल इन्स्यारेन्स कम्पनी करिब ८ वर्ष काम गरेका थिए । कम्पनीले सुचना प्रविधि विज्ञ पनि विदेशी नागरिक ल्याउन लागेको छ । एलआईसी इन्डिया कम्पनीको आईटी विभागमा लामो समय काम गरेका मनिष कुमारलाई हिमालयन रिइन्स्यारेन्स कम्पनीले ल्याउन खोजेको छ । यी तीनै जना भारतीय नागरिक हुन् । कम्पनीको उच्च व्यवस्थापनको नेतृत्व दिनको लागि हिमालयन रिले बीमा समितिमा श्रम स्वीकृतिको लागि पत्र पठाएको समिति स्रोतले जानकारी दियो । ‘हिमालयन रिले सीईओ सहित उच्च व्यवस्थापन तहमा रहने ३ जनाको श्रम स्वीकृतिको लागि हामीलाई पत्र पठाएको छ, हामीले तीन जनाकै नाम उल्लेख गरेर अर्थमन्त्रालय पठाएका छौं, अर्थले श्रम मन्त्रालयमा पत्र पठाएपछि स्वीकृति पाउने नपाउने यकिन हुन्छ,’ समिति स्रोतले भन्यो । सम्बन्धित समाचार हिमालयन रिले असारभित्रै कारोबार सुरु गर्ने, विदेशी सीईओ खोजिँदै

नेपाल इन्स्योरेन्सको कामु सीईओ ईश्वर पोखरेल

काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी दिएकाे हाे । सीईओ विजय बहादुर साहको कार्यकाल सकिएसँगै कम्पनीले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो । हाल उनी कम्पनीको डेपुटी सीईओको पदमा कार्यरत छन् । नवनियुक्त कामु सीईओ पोखरेलले कम्पनीको अर्को व्यवस्था नभएसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्ने छन् । साथै, तत्काल बाहिरबाट सीईओ ल्याउने तयारी कम्पनीको नरहेको इन्स्योरेन्सका एक सञ्चालकले विकासन्युजसँग भने । इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त हुनुअघि पोखरेलले युनाईटेड फाइनान्समा पनि डेपुटी सीईओको कार्यभार सम्हालेका थिए । सम्बन्धित समाचार नेपाल इन्स्योरेन्सबाट बिदा हुँदै सीईओ शाह, लगानी वृद्धिसँगै हालसम्मकै उच्च नाफा कमाउन सफल

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन, को को बने नयाँ सञ्चालक ?

काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।