सामुदायिक लघुवित्तको सीईओमा निर्मलकुमार कार्की नियुक्त

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मलकुमार कार्की नियुक्त भएका छन् । साउन २९ गते बसेको संस्थाको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । उनी ४ वर्षको अवधिका लागि करारमा नियुक्त भएका हुन् । यससँगै उनले आगामी साउन ३१ गतेदेखि चार वर्षसम्म संस्थाको सीईओको कार्यभार सम्हाल्ने छन् ।

४ वर्षका लागि कुलमानले लिए प्राधिकरणको नेतृत्व

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले नियुक्ति पत्र लिएका छन् । उनले आगामी ४ वर्षे कार्यकालयका लागि बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका हुन । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुन: कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशककका रुपमा नियुक्त गरेका थिए । कानुनी प्रावधानअनुसार प्राधिकरणको कार्यकारी निर्देशकको एउटा कार्यकाल ४ वर्षको हुने गर्दछ । सोही अनुसार घिसिङ गत वर्ष २०७७ भदौ २९ मा आफ्नो पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए । यसअघि देशमा दैनिक १८ घण्टाभन्दा बढी समय लोडसेडिङ भइरहेको समयमा घिसिङले प्राधिकरणको नेतृत्व पाएका थिए । उनले प्राधिकरणको नेतृत्व संहालेको केही समयपछि नै देशभर लोडसेडिङको अन्त्य गरेका थिए । उनले ४ वर्षे कार्यकाल पूरा गरेपछि पूर्ववर्ती ओली सरकारले उनलाई प्राधिकरणमा दोहोर्याउन इन्कार गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए । शाक्यलाई सरकारले जल तथा उर्जा आयोगमा पठाएको छ । उनी मंगलबार नै आयोगमा गइसकेका छन् ।

गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

काठमाडौं । गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिलभक्त माथेमा नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । हाल संस्थाको अध्यक्षमा विश्वप्रकाश शाखा रहेका छन् । त्यस्तै, संस्थापक सञ्चालकमा दिलिपकुमार मुनकर्मी र जेनी जोशी रहेका छन् भने साधारण सञ्चालकमा पशुपति भक्त श्रेष्ठ रहेका छन् । यससँगै नवनयिुक्त स्वतन्त्र सञ्चालक माथेमासहित संस्थाको सञ्चालक समितिमा ५ जना रहेका छन् ।