सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त, बैंकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । जेठ ४ गते मंगलबार बसेको ३६२औं सञ्चालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालकमा नियुक्त गरको हो । बैंठकले आगामी असार १ गतेदेखि लागु हुने गरि ज्ञवालीलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । सुदेश खालिङको राजिनामा पछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा अनिल ज्ञवालीलाई नियुक्त गरिएको हो । नवनियुक्त स्वतन्त्र संचालक ज्ञवालीसँग बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पुर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।
नेशनल लाईफको सीईओ बन्न खत्रीले पाए समितिको स्वीकृति, साढे दुई दशकको कार्य अनुभव
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । गत बैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीलाई कम्पनीको सीईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताव गरेको थियो। सो प्रस्ताव बीमा समितिबाट स्वीकृतभएसँगै अब सञ्चालक समितिले उनलाई सीईओको रुपमा नियुक्त गर्नेछ । सीईओमा नियुक्तभएसँगै खत्रीले आगामी ४ वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बैङगलोरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ । सम्बन्धित समाचार नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्ने
ओलीले लिए प्रधानमन्त्रीको सपथ
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।