ग्लोबल आईएमई लघुवित्तको सीईओमा हरिकृष्ण जोशी नियुक्त
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको सीईओमा जोशीलाई नियुक्त गरेको हो । बैठकले बैशाख १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी करारीय सम्झौतामा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् । नवनियुक्त सीईओ जाेशीले २०७७ पुस १६ गतेदेखि कामु सीईआको पदभार सम्हालेका थिए । त्यस्तै, कामु सीईओको पदभार सम्हाल्नु अघि जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
एभरेष्ट बैंकको कामु सीईओमा डा. सन्धिर कुमार नियुक्त
काठमाडौं । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा डा. सन्धिर कुमार नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई कम्पनीकाे कामु सीईओको जिम्मेवारी दिएको हो । यससँगै बैंकमा नायब महाप्रबन्धक रूपमा कार्यरत डा. कुमारले अब बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।
कालिका लघुवित्तको अध्यक्षमा खाँणसहित सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कृष्ण बहादुर खाँण निर्वाचित भएका छन् । बैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खाँणलाई अध्यक्ष पदमा चयन गरेको हो । बैशाख ७ गते सम्पन्न संस्थाको १०औं र ११औं साधारणसभाले समितिमा ६ जनालाई चयन गरेको थियो । यससँगै, संस्थापक समूहको प्रतिनिधित्व गर्ने गरी ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने गरी २ जनालाई सञ्चालकमा चयन गरेको हो । संस्थापक समूहबाट विकास गौचन, शान्ता कुमारी पोखरले उप्रेती र चन्द्र बहादुर क्षेत्री सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट विश्वराज नेपाल र केशव नारायण प्रधान सञ्चालकमा निर्वाचित भएका छन् ।