नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोहि मितिदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी रहेका थिए । जसले जेठ १५ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका हुन् ।

प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता

काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिएको हो । बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुन्जेलसम्मको लागि अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजेसम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उनलाई आगामी ४ वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिको लागि नियमनकारी निकाय बीमा समितिमा पठाउने बैठकले निर्णय गरेको छ । हाल खड्काले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेको छन् ।