राधी विद्युत कम्पनीको अध्यक्षमा पति नियुत्त
काठमाडौं । राधी विद्युत कम्पनीको अध्यक्षमा बिमेशमान पति नियुक्त भएका छन् । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । बैठकले सञ्चालक अनिल कुमार रुङ्गटालाई परिवर्तन गरी सञ्चालक पदमा बिमेशमान पतिलाई नियुक्त गरेको हो । र, सोही बैठकले असार ७ गतेदेखि नै लागू हुने गरी सञ्चालक पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । खारे इन्भेष्टमेन्टबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रुङ्गटालाई सेयरधनी खारे इन्भेष्टमेन्टले पत्र मार्फत फिर्ता बोलाएकाले उनको ठाउँमा पतिलाई नियुक्त गरिएको कम्पनीले जानकारी गराएको छ ।
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.को तर्फबाट नियुक्त भएका हुन् ।
सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सो अवधिको लागि करारमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । सम्बन्धित समाचार पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने