साधना लघुवित्तका सीईओ रेशम न्यौपानेले पाए निरन्तरता
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेले निरन्तरता पाएका छन् । भदौ २४ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई नै निरन्तरता दिने निर्णय गरेको हो । यससँगै सीईओ न्यौपानेले आगामी असोज १ गतेबाट लागू हुनेगरी थप ४ वर्ष अर्थात दोश्रो कार्यकाल सम्हाल्ने छन् । उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनश सेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ । वित्तीय संस्थाले ४ वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिँदै आएको छ ।
मल्टीपर्पस फिनांसको सीईओमा रजनीश सिंह नियुक्त
काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश सिंह नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा सिंहलाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ सिंहले भदौ २५ गतेदेखि लागू हुने गरी संस्थाको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि सुन्दरप्रसाद कडेलले उक्त पदको प्रतिनिधित्व गर्दै आएका थिए । यससँगै नवनियुक्त सञ्चालक खनालले भदौ २१ गतेदेखि आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।