आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त, महिना दिनपछि कार्यभार सम्हाल्ने
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुवकुमार पौडेल नियुक्त भएका छन् । साउन ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले उनलाई भदौ १० गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । यससँगै सीईओ पौडेलले सो दिनदेखि आगामी ४ वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् । हाल संस्थाको सीईओ पदको कार्यभार दामोदर जोशीले सम्हालिरहेका छन् ।
जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ, समितिले दियो स्वीकृति
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको उनको नियुक्तिलाई नियामक निकाय बीमा समितिले शुक्रबार स्वीकृति दिएको हो । कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि इन्स्योरेन्समा सीईओ पद खाली रहेको थियो । यससँगै सञ्चालक समितिले उनलाई नियुक्ति गर्ने प्रस्ताव गरेको हो, जसलाई समितिले स्वीकृति दिएको छ । यससँगै नवनियुक्त सीईओ श्रेष्ठले आगामी चार वर्षसम्म इन्स्योरेन्समा आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि उनी इन्स्योरेन्सको कायम मुकायम (कामु) सीईओको रूपमा कार्यरत थिए ।
हिमालयन रिले उच्च व्यवस्थापनमा ३ जना विदेशी ल्याउँदै, श्रम स्वीकृति माग्दै समितिमा पत्राचार
हिमालयन रिको संचालक समिति काठमाडौं । संचालनमा आउन लागेको हिमालयन रिइन्स्यारेन्स कम्पनीले उच्च व्यवस्थापनको ३ जना विदेशी नागरिक ल्याउन लागेको छ । कम्पनीले ल्याउन लागेको ३ जना उच्च व्यवस्थापनका अधिकारीको श्रम स्वीकृति बीमा समितिमा पत्राचार गरेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आर चन्द्रशेखरनलाई ल्याउन खोजेको छ । चन्द्रसेखरन भारतको ख्यातिप्राप्त कम्पनी जनरल इन्स्योरेन्स कर्पाेरेसन (जीआईसी) र ओमानको पुनर्बीमा कम्पनी ओमान रिमा पनि काम गरिसकेका व्यक्ति हुन् । बीमा बजारमा उनको ४५ वर्षभन्दा लामो अवधिको अनुभव रहेको बताइएको छ । यस्तै, हिमालयन रिले डेपुटी सीईओमा मुकेश कुमार कपुरलाई ल्याउन खोजेको छ । कपुर ओरेन्टल इन्स्योरेन्स कम्पनीको पुनर्बीमा विभागमा काम गरेर अवकाश पाएका व्यक्ति हुन् । कपुरले नेपालमा रहेको ओरेन्टल इन्स्यारेन्स कम्पनी करिब ८ वर्ष काम गरेका थिए । कम्पनीले सुचना प्रविधि विज्ञ पनि विदेशी नागरिक ल्याउन लागेको छ । एलआईसी इन्डिया कम्पनीको आईटी विभागमा लामो समय काम गरेका मनिष कुमारलाई हिमालयन रिइन्स्यारेन्स कम्पनीले ल्याउन खोजेको छ । यी तीनै जना भारतीय नागरिक हुन् । कम्पनीको उच्च व्यवस्थापनको नेतृत्व दिनको लागि हिमालयन रिले बीमा समितिमा श्रम स्वीकृतिको लागि पत्र पठाएको समिति स्रोतले जानकारी दियो । ‘हिमालयन रिले सीईओ सहित उच्च व्यवस्थापन तहमा रहने ३ जनाको श्रम स्वीकृतिको लागि हामीलाई पत्र पठाएको छ, हामीले तीन जनाकै नाम उल्लेख गरेर अर्थमन्त्रालय पठाएका छौं, अर्थले श्रम मन्त्रालयमा पत्र पठाएपछि स्वीकृति पाउने नपाउने यकिन हुन्छ,’ समिति स्रोतले भन्यो । सम्बन्धित समाचार हिमालयन रिले असारभित्रै कारोबार सुरु गर्ने, विदेशी सीईओ खोजिँदै