ग्लोबल आइएमई बैंकका डीसीईओ रेग्मीद्वारा पदभार ग्रहण
काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् । रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका हुन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्छन् । वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् । सम्बन्धित समाचार ग्लोबल आइएमई बैंकको डीसीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौदेखि लागू हुने
बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो । मास्के बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको कार्यकाल सकिएसँगै मास्केलाई कामु सीईओमा नियुक्त गरिएको हो । सीईओ पन्तको कार्यकाल भदौ १ गतेदेखि नै सकिने भएको छ । यससँगै, नवनियुक्त कामु सीईओ मास्केले भदौ २ गतेदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्ने छन् ।
ग्लोबल आइएमई बैंकको डीसीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौदेखि लागू हुने
काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी भदौ १ गतेदेखि लागू हुने गरी डीसीईओमा बढुवा भएका हुन् । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण हुन् । रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।