सिन्धु विकास बैंकका सीईओ जोशीले दिए राजिनामा, गिरीले पाए कामुको जिम्मेवारी

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्त्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । साथै, उक्त बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिने निर्णय गरेको छ । यससँगै, गिरीले कार्त्तिक १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बैंकको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ शुदेस खालिङ्गले सम्हाले कार्यभार

काठमाडौं । एभरेष्ट बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुदेस खालिङ्गले कार्यभार सम्हालेका छन् । उनले असोज ८ गतेदेखि बैंकमा पहिलो नेपाली सीईओको रूपमा कार्यभार सम्हालेका हुन् । विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभव बटुलेका सीईओ खालिङ्गले विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका छन् । बैंकले १०५ शाखा संजाल, १३७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । सम्बन्धित समाचार एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ले शुक्रबारदेखि कार्यभार सम्हाल्ने एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त, को हुन् उनी ?

कृषि विकास बैंकका नवनियुक्त सञ्चालक केसीले लिए शपथ

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक केसीले हालै बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाद्वारा शपथ लिइसकेका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंकको सञ्चालकमा केसी नियुक्त भएका हुन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । शपथ ग्रहण कार्यक्रममा कृषि विकास बैंकका संचालकहरु डा. हरि बहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।