कृषि विकास बैंकका नवनियुक्त सञ्चालक केसीले लिए शपथ

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक केसीले हालै बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाद्वारा शपथ लिइसकेका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंकको सञ्चालकमा केसी नियुक्त भएका हुन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । शपथ ग्रहण कार्यक्रममा कृषि विकास बैंकका संचालकहरु डा. हरि बहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

फेरि ब्युँतियो भूमि आयोग, निरौला बने अध्यक्ष

काठमाडौं । सरकारले एक महिना अगाडि मात्रै खारेज गरेको भूमी आयोग पुनः ब्युँतिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमी आयोग खारेज गरेर पुनः गठन गरेको हो । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

निरज गिरीले पाए धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीलाई दिइएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले निमित्तको जिम्मेवारी गिरीलाई दिएको हो । गिरी बोर्डका कार्यकारी निर्देशक समेत हुन् । मन्त्रालयले बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न गिरीलाई भदौ २८ गते जिम्मेवारी दिएको हो । यससँगै उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । सरकारले सवोत्तम सिमेन्टको सेयर खरिद विवादमा तानिएका बोर्ड अध्यक्ष ढुङ्गानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो । यससँगै उनीमाथि छानविन गर्न समिति गठन गरी हाल छानविन गरिरहेको छ ।