नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे अवधिमा उच्च तहमा प्रमोशन खाने ज्ञवाली पहिलो व्यक्ति भएको स्रोतले बतायो । उनी २०७६ भदौंमा नविल बैंकमा नायब महाप्रबन्धकको रुपमा भित्रिएका थिए ।  त्यसअघि उनले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए । ज्ञवालीसँगै नविलमा ३ जना महाप्रबन्धक भएका छन् । यसअघि सुजित शाक्य र बिनय रेग्मी पनि महाप्रबन्धक पदमा कार्यरत छन् । नविलमा प्रमुख कार्यकारी अधिकृतपछिको पद महाप्रवन्धक हो । रेग्मी सोही बैंकका पुराना कर्मचारी हुन् भने ज्ञवाली र शाक्य एक वर्षअघि मात्र सो बैंकको उच्च व्यवस्थापनमा नियुक्त भएका हुन् । शाक्य यसअघि जनता बैंकमा डेपुटी सीइअाे थिए । आगामी असार मसान्तमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सकिदैछ । त्यसपछि तीन जना डेपुटी मध्येबाट एक जनालाई सीईओ बनाउने सम्भावना छ । नविल बैंकमा  पुराना कर्मचारीहरु व्यवस्थापन निकै चुनौतिपूर्ण बनेको छ । नरम स्वभावका अनिल केशरी शाहबाट पुराना कर्मचारी परिचालन कम प्रभावकारी भएपछि कडा स्वभावको प्रमुख कार्यकारी अधिकृत भित्र्याउने सोचमा बैंक सञ्चालक समिति रहेको बुझिएको छ । नविल बैंकमा नेपाल बंगलादेश बैंक मर्जको सम्भावना पनि छ । उक्त मर्ज भएमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नबिलको सीईओ बन्ने अनुमान पनि धेरैले गरेका छन् । नेपाल बंगलादेश बैंकबाट ढुंगानाले पुसबाट अवकाश पाउँदैछन् ।

प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कर्मचारी सञ्चय कोषको तर्फबाट बिजय कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । उनी संस्थापक सेयरधनी हुन् ।

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पदभार, लिए सपथ

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात असोज १९ गते नै बैंक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई गत असोज १३ गते बुधबारका दिन बसेको बैंकको ४११औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंकको संचालक समितिका सदस्य थिए ।