सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे, सम्हाले कार्यभार

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ पाण्डेले माघ १२ गतेदेखि बैंकको सीईओ पदको कार्यभार सम्हालेका छन् । यसअघि बैंकको सीईओमा भुवनकुमार दहाल थिए । उनको कार्यकाल माघ ११ गतेबाट सकिएको हो ।

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । माघ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो । खड्का बैंकको संस्थापक सेयरधनी हुन् । उक्त समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक खड्काले अब बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि बैंकको अध्यक्षमा हरि प्रसाद थिए । उनको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा खड्कालाई चयन गरिएको हो ।

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुवँर, नेपालका लागि पहिलाे महिला एमडी

काठमाडाैं । दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशक (एमडी)काे रूपमा नियुक्त गरेको छ । दराजले उनलाई दराज नेपालकाे एमडीमा नियुक्त गरेकाे हाे । एमडी कुवँरले दराज नेपालसँग आवद्द हुन पाउँदा उत्साहित भएकाे बताएकी छन् । कुवँरलेले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकाे अनुभव छ । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् । उनको नियुक्तिसँगै दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ । वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नेछन् । अहलरिङले भने, ‘दराजका लागि यो निकै सुनाैलाे समय हो, विगत ३.५ वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो।’ ‘हामीसँग ७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुनेछ, म दराज समूह भित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ, आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु, ‘ उनले भने ।