नेपाल इन्भेष्टमेन्ट मेगाको सीईओमा दोहोरिए पाण्डे, आजैदेखि लागू हुने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे दोहोरिएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी अर्को कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो । यससँगै सीईओ पाण्डेले आगामी चार वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रिमियर इन्स्योरेन्सको सीईओ तिमिलाले दिए राजिनामा, जोशीले पाइन् कामुको जिम्मेवारी
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले सीईओ पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सोही बैठकले कम्पनीको कायम मुकायम सीईओ पदमा कबिता जोशीलाई नियुक्त गरेको छ । यससँगै उनले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छिन् । उनी कम्पनीको चिफ अपरेटिङ्ग अफिसर तथा आरआई विभागको प्रमुख हुन् । साथै, अर्को व्यवस्था नभएसम्म इन्स्योरेन्सको कम्पनी सचिवमा पदम बहादुर थापालाई नियुक्त गरिएको छ ।
डिशहोमको अध्यक्षमा देवी प्रकाश भट्टचन
काठमाडौं । डिश मिडिया नेटवक प्रालि (डिशहोम)को अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन् । डिशहोम सञ्चालक समितिकाे बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, पानी जहाज र सहकारी लगायतका व्यवसाय संचालन गरिरहेका छन् । यसअघि डिशहोमको अध्यक्ष हेमराज ढकाल थिए ।