मध्य भोटेकोशीको सञ्चालकमा थेबेसहित ४ जना निर्वाचित

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिमा थेबेसहित ४ जना निर्वाचित भएका छन् । कम्पनीको गत असार ३० गते सम्पन्न ११ औं वार्षिक साधारणसभापश्चात् भएको निर्वाचनबाट सञ्चालक समितिमा राम कुमार थेबेसहित ४ जना सञ्चालक निर्वाचित भएका हुन् । कम्पनीको सर्वसाधारण समूहबाट ताप्लेजुङ्का थेबे, काठमाडौंका रमा खड्का, नुवाकोटका भूमिनन्द अर्याल र सिन्धुपाल्चोकका गोविन्द प्रसाद पराजुली निर्वाचित भएका कम्पनी सचिव कमल प्रसाद पण्डितले जानकारी दिए । यस्तै, कर्मचारी सञ्चयकोषबाट प्रतिनिधित्व गर्दै आएका कोषका मुख्य प्रबन्धक ध्रब भट्टराई भने स्वतः सञ्चालक नरहेको कम्पनी सचिव पण्डितले बताए । यससँगै कम्पनीको ८ सदस्यीय सञ्चालक समिति गठन भएको छ । कम्पनीको अध्यक्षमा सुभाष कुमार मिश्र, सञ्चालकहरुमा तुलसी राम ढकाल, श्रीरामराज पाण्डे, नारायण प्रसाद आचार्य, गोविन्द प्रसाद पराजुली, राम कुमार थेबे, भूमिनन्द अर्याल र रमा खड्का छन् ।

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई, कम्पनीलाई उचाइमा पुर्याउने विश्वास

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले मर्जर पछि बन्ने कम्पनीको सीईओमा भट्टराईलाई नियुक्त गर्न स्वीकृति दिएको हो । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत थिए ।२०३८ सालमा नेपाल बैंक लि।को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् । २०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्समा प्रथम पटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत रहेका छन् । विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका भट्टराईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उचाइमा पुर्याउने विश्वास दिलाएका छन् । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने भएको छ । दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो । दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

महासंघको पूँजी बजार फोरम समिति विस्तार, को-को बने सदस्य ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार गरिएको छ । महासंघका कार्यकारिणी समिति सदस्य शैलेन्द्र गुरागाईंको सभापतित्वमा गठन भएको पूँजी बजार फोरम शुक्रबार विस्तार भएको हो । महासंघले फोरममा २ जना उपसभापति, ५ जना सदस्य, ७ जना आमन्त्रित सदस्य र २ जना सल्लाहाकार सदस्यसहित १७ जनाको समिति विस्तार भएको हो । फोरमको सभापतिमा गुरागाईं छन् भने उपसभापतिमा धर्मराज सापकोटा र विजयलाल श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सागर ढकाल, रमेश कुवर, भरत बहादुर खत्री, तुल्सीराम ढकाल, घनश्याम पौडेल, सन्तोष पौडेल चयन भएका हुन् । यस्तै, आमन्त्रित सदस्यहरुमा भिष्म राज चालिसे, सृजना सुवेदी, प्रकाश भुषाल, सन्तोष राज नेपाल, केशव प्रसाद भण्डारी, सरीता विष्ट चयन भएका हुन् । यस्तै, सल्लाहकारमा डा. आत्मराम घिमिरे र भरत रानाभाट चयन भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका थिए ।