प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नियुक्त गरेको हो । भट्टचन संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिए ।

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर, को हुन् उनी ?

काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक सिमितको बुधबार बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । कामु सीईओ मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्काे व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका कामु सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनले भारतबाट सीए गरेका हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए । काठमाडौंको बालाजु घर भएका मानन्धर कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल ब्यक्ति हुन् । बैंक स्रोतका अनुसार हाललाई कामु सीईओको जिम्मेवारी दिएको भएपनि मानन्धरलाई नै सीईओको पूर्ण जिम्मेवारी दिने तयारी छ । ५५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका नारायणदास मानन्धरको कार्यकाल गत साउन १६ गतेदेखि सकिएको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा सिजापति चयन, राष्ट्र बैंक समक्ष लिए शपथ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रबिन सिजापति चयन भएका छन् । लघुवित्तको नयाँ गठन भएको सञ्चालक समितिले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । साथै, अध्यक्ष सिजापतिले नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुणाकर भट्टसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । समिट लघवित्तलाई एक्विजिशन गरेपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्तको नयाँ सञ्चालक समिति गठन गरिएको थियो । लघुवित्तको नयाँ गठन भएको सञ्चालकमा रबिन सिजापति, केशब प्रसाद आचार्य, क्षितिज खड्का, नरेन्द्र सतकुटी, तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका हुन् । सञ्चालक समितिको बैठकले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष सिजापति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्छन् । उनी बैंकमा सिनियर डेपुटी जेनेरल म्यानेजर पदमा कार्यरत छन् । यसअसघ लघुवित्तको अध्यक्षको जिम्मेजारी आचार्यले सम्हाल्दै आएका थिए । तर, उनी काम विशेषले विदेशमा रहेकाले नयाँ अध्यक्ष चयन गरिएको लघुवित्तले बताएको छ । गत असार ३० गतेदेखि समीट लघुवित्तलाई गाभेर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेको हो । नेशनल माइक्रोफाइनान्सले ७३ रुपैयाँमा समिट लघुवित्तलाई गाभेको हो । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राम बहादुर यादव चयन भएका हुन् । सीईओ यादव नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्ष समेत हुन् ।