शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाडौं । सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको उक्त पद रिक्त रहेको थियो ।

राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त, को-को हुन् ?

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्ति गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै उनले सरकारले यस्तो निर्णय गरेकी हुन् । निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको बताइन् । उनले भनिन्, ‘नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने, नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री चुणामणि पौडेललाई बढुवा गर्ने, राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, काठमाडौं, डा. कुशेन्द्रबहादुर महत, जुम्ला र प्राध्यापक शिवराज अधिकारी, पाल्पा र डा. अरनिकोकुमार पाण्डे, ललितपुरलाई नियुक्ति गर्ने ।’ सरकारले नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।