जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल 

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चार्टर्ड अकाउन्टेन्ट रहेका अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो । लघुवित्त संस्थामा लघुवित्तको सञ्चालक समितिमा भएको व्यक्ति नै अध्ययक्ष हुँदै आएका छन् । अर्याल पहिलोपटक पब्लिक निर्देशकबाट अध्यक्ष बनेका छन् । अर्यालले नेपाल राष्ट्र बैकबाट शुक्रबार सपथ लिनेछन् । साढे २ वर्षअघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए । अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक पनि रहेका छन् । संस्थाका अध्यक्ष विरबहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ । जाल्पा लघुवित्तलाई विषम् परिस्थितिमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ ।

समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त भएका छन् । फाइनान्सले गत माघ १९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेश कुमार बर्ताैलाज्यूलाई सञ्चालक पदमा नियुक्त गरेको ओ । पद्मोदय प्राइभेट लिमिटडले प्रतिनिधी संचालक राम कुमार बर्ताैलाको स्थानमा दिनेश कुमार बर्तौलालाई मनोनित गरी पठाएको हुँदा संस्थाको पुतलिसडक कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराइ समक्ष नव नियुक्त सञ्चालकले सपथ ग्रहण गरेका थिए । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

कुमारी बैंकको अध्यक्षमा पुन: अमिर प्रताप राणा नियुक्त

काठमाडौं । कुमारी बैंकको अध्यक्षमा पुन: अमिर प्रताप राणा नियुक्त भएका छन् । फागुन १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन १ गतेदेखि लागू हुनेगरी अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुन: नियुक्त गरिएको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा एनसिसि र कुमारी बैंक मर्जरपछि पनि अध्यक्षमा कार्यरत रहेका थिए । राणा अहिले फुटवेयर र बैङ्कमा मात्रै लागेका छन् । उनले गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफू र आफ्ना परिवारको स्वामित्वमा लिएका छन् ।