कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ नियुक्त
काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजश्व सचिव घिमिरेलाई सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको हो । यसैगरी, कोषको रिक्त रहेको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । योपनि पढ्नुहोस् : यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय
पर्यटन बोर्डको सीईओ बने दीपकराज जोशी, भने- यो मेरा लागि चुनौती र प्रेरणा हो
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा दीपकराज जोशी नियुक्त भएका छन् ।बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिए । जोशी यसअघि पनि बोर्डको सीइओ भइसेकेका छन् । उनले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसकेका छन् । यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो । नियुक्त भइसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताए । ‘परिस्थितीको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ, यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो,’ उनले भने ।
नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेलको कार्यकाल ४ वर्ष थप
काठमाडौं । नेपाल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) इश्वर पोखरेलको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । भदौ १६ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप भएको हो । पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा साढे २ दशक बढीको लामो अनुभव छ । साबिक युनाइटेड फाइनान्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेका पोखरेलसँग नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव छ ।