हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा रञ्जना दहाललाई नियुक्त गरेको छ । साउन १५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको कार्यकारी (प्रबन्धक सञ्चालक) अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले १६ गतेबाट लागु हुने गरी आगामी चार वर्षको लागि उनको कार्यकाल रहने निर्णय गरेको छ ।

विन नेपाल लघुवित्तको डीसीईओ बने दीपेन्द्र खतिवडा

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा दीपेन्द्र खतिवडा नियुक्त भएका छन् । साउन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले डीसीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निणर्य गरेको हो ।

कामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन १५ गतेबाट नै कार्यभार सम्हाल्नेछन् ।