हिमालयन जनरल इन्स्योरेन्सको सिइओमा बज्राचार्य, दोश्रो कार्यकाल साउन १ बाट
काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पुनः सुशील बज्राचार्य चयन भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् । बज्राचार्यको दोश्रो कार्यकाल साउन १ गतेदेखि ४ वर्षको लागि हुनेछ ।
सगरमाथा इन्स्योरेन्सको अध्यक्षमा पुनः रामकृष्ण मानन्धर चयन
काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि.को शुक्रबार सम्पन्न २२ औं साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूह ग बाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेका छ । संस्थापक शेयरधनी समूह क बाट रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा र सिद्धार्थमणि राजभण्डारी निर्बिरोध निर्वाचित भएका हुन् भने सर्वसाधारण शेयरधनी समूह ग बाट कीर्तिकुमार जोशी र गजेन्द्रलाल श्रेष्ठ निर्बिरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । कम्पनीमा बैदेशिक संयुक्त लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पिएलसीबाट मनोनित १ जना र स्वतन्त्र संचालक १ जना सहित जम्मा ७ जनाको संचालक समिति रहनेछ । सोही दिन सांझ बसेको नवनिर्वाचित संचालकहरुकोे बैठकले संचालक समितिको अध्यक्षमा रामकृष्ण मानन्धरलाई सर्वसम्मत चयन गरेको जनाइएको छ । उक्त साधारण सभाले कम्पनीको नियमावलीमा शंसोधन गरी सञ्चालक समितिको संख्या ७ जना कायम गरेको हो । सगरमाथा इन्स्योरेन्सको साधारण सभाले पारित गर्यो ८६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई ४ वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे पदावधि गत जेठ १४ गते सकिएपछि सो पद रिक्त थियो । २०४७ सालमा प्राविधिक अधिकृतका रुपमा तत्कालीन हवाई विभागमा प्रवेश गरेका पोखरेल पछि बनेको प्राधिकरणमा कार्यरत रहे । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।