एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कठायतले नियुक्त भएको दिनदेखि नै अर्थात माघ २९ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने सञ्चालक समितिको विश्वास रहेको छ । विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए । यससँगै, माघ २८ गते सम्पन्न इन्स्योरेन्सको सभाले सञ्चालक समितिमा २ जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक विमल प्रसाद ढकाल र कृष्णराज लामिछानेलाई निर्विरोध निर्वाचित गरेको हो । सम्बन्धित समाचार नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

स्वाभिमान लघुवित्तको सीईओमा चौधरीको निरन्तरता

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संंस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णराज चौधरी नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ चौधरीलाई अर्काे कार्यकालकाे लागि पनि निरन्तरता दिने निर्णय गरेको हो । यससँगै सीईओ चौधरीको अर्को कार्यकाल आगामी फागुन १ गतेदेखि लागू हुने छ । बैंठकले उनलाई थप ४ वर्षको लागि नियुक्त गरेको हो ।