नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् । मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वाग्लेलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो । यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् । गोरखाको बुङ्कोटमा घर भएका वाग्ले हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका छन् । यसअघि कम्पनीको अध्यक्षमा चन्द्रमान मलेकु रहेका थिए । उनले व्यक्तिगत घरयासी कारण देखाउँदै भदौ २५ गते अध्यक्ष पदबाट राजिनामा दिएका थिए । जुन मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । बैठकले मंसिर २१ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । नवनियुक्त कम्पनी सचिव जोशी कम्पनीको कानून विभागका नायव प्रबन्धक पनि हुन् ।

हिमालयन डिष्टिलरीको सीईओमा पोखरेल र कम्पनी सचिवमा तिम्सीना नियुक्त

काठमाडौं । हिमालयन डिष्टिलरीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश प्रसाद पोखरेल नियुक्त भएका छन् । मंंसिर १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पोखरेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । कम्पनीले आगामी पुस १ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ पोखरेलले सो दिनदेखि आगामी २ वर्षसम्म कम्पनीको सीईओ पदमा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् । साथै, कम्पनीले कम्पनी सचिवमा नेत्र प्रसाद तिम्सीनालाई नियुक्त गरेको छ । कम्पनीले आगामी २०७९ साल मंसिर मसान्तसम्मको लागि तिम्सीनालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।