मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले लिइन् शपथ
काठमाडौं । मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले आज (माघ ४ गते) नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारण सभापछि बसेको बैठकले उनलाई संस्थाको अध्यक्ष पदमा नियुक्त गरेको थियो । तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका सेयरधनीकातर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण सेयरधनीकातर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । सभाले २३.५० प्रतिशत लाभांश स्वीकृत गरको छ । जसमध्ये नगद लाभांश ५.५ प्रतिशत र बोनस सेयर १८ प्रतिशत रहेको छ । बोनस सेयर बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय स्तरको संस्थाले हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्जशाखाबाट कारोबार गरिरहेको छ । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध गराउँदै आएको छ । सम्बन्धित समाचार मञ्जुश्री फाइनान्सको साढे २३ प्रतिशत लाभांश पारित, अध्यक्षमा घिमिरे चयन
ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, आजै लिए सपथ
काठमाडौं । ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो । सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेको छन् । नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् । सम्बन्धित समाचार ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २१ अर्ब ६३ करोड नाघ्यो
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा खतिवडा नियुक्त, काे हुन् उनी ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनी आज सो बैंकको सीईओमा नियुक्त भएको बताइएको हो । निवर्तमान सीईओ अनिल ज्ञवालीको २ वर्षे समयावधि सकिएसँगै उनलाई बैंकको सीईओमा ल्याइएको हो । बैंक सञ्चालक समितिको आज बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो । पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेका खतिवडासँग विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्डको परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि छ । उनले यसअघि एनआइबीएल एस क्यापिटलमा पनि काम गरिसकेका छन् ।