एनएलजी इन्स्योरेन्सको सञ्चालकमा बिष्ट नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्सको सञ्चालकमा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक बिष्टले कम्पनी सञ्चालकको बाँकी कार्यकालको जिम्मेवारी सम्हाल्ने छन् ।

समृद्धि फाइनान्सको सीईओमा टिका निधि लोहनी नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् । संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निधिलाई सीईओ पदमा नियुक्त गरेको हो । संस्थाले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।

आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त

काठमाडौं । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन् । मंसिर ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै उनले आगामी ४ वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।