महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ६ जना नियुक्त भएका छन् । चैत २५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौंला र रोशन कुमार मंडरलाई सञ्चालक समितिमा चयन गरेको हो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको ८औं वार्षिक साधारणसभा चैत २५ गते सप्तरीको रहेका संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा श्रेष्ठ र सञ्चालकमा आचार्य नियुक्त
काठमाडौं । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । बैंठकले उनलाई आगामी चैत २७ गतदेखि लागू हुने गरी डीसीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त डीसीईओ श्रेष्ठले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । त्यस्तै, सोही बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ भने सञ्चालक शशिराज बज्राचार्यको राजिनामालाई स्वीकृत गरेको छ ।
कृषि विकास बैंकका नवनियुक्त सञ्चालक दीर्घराज मैनालीले लिए सपथ
काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् । नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको संचालक समितिको सदस्यमा नियुक्त भएका हुन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।