पूर्व अर्थमन्त्री डा.खतिवडा अमेरिकाकोे राजदुतमा नियुक्त
काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाकाे राजदूतमा नियुक्त भएका छन् । उनलाई आज राष्ट्रपति कार्यालयले अमेरिकाको आवासिय राजदुतमा नियुक्त गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिकाको लागि राजदुतमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदकाे सिफारिस अनुसार राष्ट्रपति कार्यालयले उनलाई अमेरिकाकाे लागि राजदूतमा नियुक्त गरेकाे हाे । ‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई सुयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासिय राजदूतमा नियुक्त गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा राजेश कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको हो । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । बैठकले श्रेष्ठलाई माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ एवं कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै, सीईओ श्रेष्ठले माघ १ गतेदेखि संस्थाको सीईओ र कम्पनी सचिवको कार्यभार सम्हाल्ने छन् । बैंकिङ क्षेत्रमा मात्रै २५ वर्षको कार्य अनुभव हासिल गरिसकेका श्रेष्ठले बीमा क्षेत्रको पनि ८ वर्ष अनुभव हासिल गरेका छन् । श्रेष्ठले १७ वर्ष नेपाल बैंकमा काम गरेका थिए । नेपाल बैंक छोडेपछि उनले ३ वर्ष एनसीसी बैंकमा काम गरेका थिए । एनसीसी बैंकपछि उनले ५ वर्षसम्म महालक्ष्मी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । महालक्ष्मी फाइनान्सपछि उनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । एशियनमा उनी ८ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । श्रेष्ठले आफ्नो २ कार्यकाल पूरा भएपछि गत साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी छोडेर बसेका थिए । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका दिनेशलाल श्रेष्ठ केही दिनअघि मात्रै एशियन लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर आएका थिए । राजेशकुमार श्रेष्ठले छोडेको एशियन लाइफको सीईओ पदको जिम्मेवारी दिनेशलाल श्रेष्ठले सम्हाल्न लागेका छन् भने दिनेशलाल श्रेष्ठले छोडेको गुहेश्वरी मर्चेन्टको सीईओ पदको जिम्मेवारी राजेशकुमार श्रेष्ठले सम्हाल्न लागेका छन् ।
बेष्ट फाइनान्सको सीईओमा उमेश सिंह भण्डारी नियुक्त
काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ् क्षेत्रकाे राम्राे अनुभब बटुलिसकेका छन् ।