निर्वाचनमा देखिएयो यस्तो रमाइला र अनौठा घटना
काठमाडौं । तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं. १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले स्वतन्त्रु हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए । आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो । रमाइला र अनौठा घटना – आयोगका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा जम्मा दुई मत खसेको छ । – दाङ जिल्लाको एक मतदान केन्द्रमा बिहान साढे नौ बजेतिर मोटरसाइकलमा आएका व्यक्तिले सोही मतदान केन्द्रलाई लक्ष्य गरी सुतली बम प्रहार गरेका थिए । उक्त बमलाई प्रहरी हवल्दार दुर्गाबहादुर रानाले जोखिम मोल्दै हातले सुरक्षित ठाउँमा मिल्काइदिए । उनको यो जोखिम र बहादुरी कार्यले त्यहाँ कुनै दुर्घटना हुन पाएन । – ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गर्नुभएको छ । बैतडी जिल्लाको सुरनया गाउँपालिको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय साउदले मतदान गर्नुभएको हो । – अछाममा दुई महिलाले मतदानका लागि लाइनमै बस्दा बच्चा जन्माएका छन् । अछाम रामारोशन गाउँपालिका वडा ४ को बाटुला सैनस्थित नन्दकाली आधारभूत विद्यालयको क मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेको दुई महिलाले बच्चा जन्माएका हुन् । रामारोशनकी २५ बर्षीय मीना बोहोरा र शुभा हामले बच्चा जन्माउनुभएको हो । बझाङमा स्थगित बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र क, ख मा मतदान स्थगन भएको छ । निर्वाचन आयोगका अनुसार वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगन भएको हो। रुपन्देहीको कोटीभीमाई गाउँपालिका- १ मा असार १६ गते मतदान हुने भएको छ । माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरले मल्लाहको शनिबार निधन भएपछि मतदान पर सारिएको आयोगले जनाएको छ । तिङलामा शून्य मतदान सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका- ६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् । अन्नपूर्ण पोस्टबाट ।
मधेसवादी दलको प्रभाव क्षेत्रमै ८४ प्रतिशत भोट खस्यो, मतगणना धमाधम सुरु, सात दिनमै परिणाम
काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनमा सुनसरीमा ७० प्रतिशत हाराहारीमा मत खसेको छ । जिल्लामा मधेसवादी दलको प्रभाव क्षेत्र दुहवी र इनरुवा नगरपालिकासँगै गढी, देवानगन्ज, हरिनगरा, बर्जु, केसी र भोक्राहा गाउँपालकिामा ८४ मत खसेको छ । बिहान ७ बजे अघिनै विराटनगरका मतदान स्थलमा मतदाताको लाम लागेको थियो । मतदाताको भीडका कारण मोरङ र सुनसरीका एक दर्जन मतदान केन्द्रमा मतदानको समय बढाइएको थियो । विराटनगरको पुसेट, कन्चनबारी, शिक्षा सदन, कोचाखाल, सरोचिया मतदान स्थलमा राति ८ बजेसम्म मतदान भयो । मोरङमा ७० प्रतिशत मतदान भएको छ । नागरिक दैनिकबाट । सातै दिनमा मतपरिणामा अाउने तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं। १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । केही क्षेत्रमा राति ८ बजेसम्म मतदान जारी रहेकाले निर्वाचनमा सहभागिताको कुलसंख्या र प्रतिशत अझ बढ्ने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगका निमित्त सचिव महेश्वर न्यौपानेले केही जिल्लाका मतदान केन्द्रमा साँझ आठ बजेसम्म मतदान कार्य भएकाले खसेको मत प्रतिशत ७४ पुग्ने आकलन गर्नुभयो । तीन प्रदेशका ६४ लाख ३२ हजार ७६५ मतदाता १५ हजार ३८ प्रतिनिधि छान्नयोग्य मातदाता थिए । ३५ जिल्लाका १ महानगरपालिका ७ वटा उपमहानगरपालिका १११ नगरपालिका २१५ गाउँपालिका गरी ३३४ स्थानका प्रतिनिधि छनोट गर्न निर्वाचन भएको हो । निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले स्वतन्त्रु हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए । आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो । वर्षाका कारण केही केन्द्रमा ढिलो गरी मतदान, केही स्थानमा बम राखेर निर्वाचन बिथोल्न प्रयास गरिए पनि सुरक्षा प्रबन्ध राम्रो गरिएकाले शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले बताउनुभयो । वर्षात्को समय भए पनि व्यवस्थापन राम्रो भएकाले मतदान कार्य सहज भएको आयोगले बताएको छ । बुधबारको मतदानमा सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । अन्नपूर्ण पाेस्टबाट ।
कामै नगरी सान्जाेसेले माग्यो ३ अर्ब क्षतिपूर्ति, ६ अर्बकाे ठेक्कामध्ये ३ वर्षमा १६% मात्रै काम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काममा ढिलासुस्ती गरेको भन्दै ठेक्का तोडिएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले नागरिक उड्डयन प्राधिकरणसँग २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति मागेको छ । विमानस्थल सुधारको कामले अपेक्षित गति लिन नसकेपछि गत मंसिरमा प्राधिकरणले सान्जोसेसँगको ठेक्का सम्झौता भंग गरेको थियो । नेपाल मध्यस्थता परिषद्ले समेत सान्जोसेकै पक्षमा फैसला गरेपछि उसले क्षतिपूर्तिको माग गरेको हो । पूर्वसहमति विपरित सान्जोसेलाई ठेक्काबाट निकालिएको पाइएको भन्दै मध्यस्तता परिषद्ले कम्पनीको पक्षमा फैसला गरेको छ । सान्जोसेले सोही फैसलालाई आधार मान्दै प्राधिकरणमा १५ करोड १८ लाख ८९ हजार रुपैयाँ ब्याजसहित कुल २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको हो । प्राधिकरणले ठेक्का तोडेपछि सान्जोसेले अन्यायमा परेको भन्दै परिषद्मा उजुरी दिएको थियो । प्राधिकरण, एसियाली बिकास बैंकको परामर्शदाता कम्पनी ज्याक तथा सान्जोसेबीच सन् २०१६ मार्च १० मा ४ सय ५७ दिनसम्म म्याद थप्ने सहमति भएको तर समय पूरा नहुँदै ठेक्का तोडेको आरोप लागाउँदै सान्जोसेले उजुरी दिएको थियो । सो सहमतिअनुसार समय नसकिएको तर बीचमै प्राधिकरणले ठेक्का तोडेको आरोप सान्जोसेले लगाएको छ । ठेक्का तोडिएपछि प्राधिकरणले दिएको अग्रिम भुक्तानी १ अर्ब ६० करोड रुपैयाँ सान्जोसेले रोक्का गरेको थियो । प्राधिकरणले उच्च अदालत पाटनमा उक्त रकम फुकुवा हुनुपर्ने मुद्दा दायर गरेको थियो । उच्च अदालतले उक्त रकम प्राधिकरणलाई फुकुवा गर्न अन्तरिम आदेश दिएको थियो । तर अन्तिम फैसला भने अझै आएको छैन । सान्जोसेले कति क्षतिपूर्ति माग दावी गरेको भन्ने आफूलाई एकीन जानकारी आइनसकेको प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “मध्यस्थता परिषद्को फैसलाको विषयमा प्राधिकरणले पुनः अपिल गरेर अगाडि बढ्नेछ,” श्रेष्ठले भने । सान्जोसेले समयमा काम नगरेपछि प्राधिकरणले बाध्य भएर ठेक्का तोडेकाले क्षतिपूर्तिको विषयमा ऐन, नियमले नै बोल्ने श्रेष्ठले बताए । सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेवापत करिब ९६ करोड रुपैयाँ भने भुक्तानी लगेको प्राधिकरणको भनाइ छ । ६ करोड १० लाख अमेरिकी डलर (त्यसबेलाको सटही दरअनुुसार करिब ६ अर्ब रुपैयाँ) बराबरको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै मात्र उपलब्धि हासिल गरेको प्राधिकरणको आरोप छ । एसियाली विकास बैंक (एडीबी)को ८ करोड अमेरिकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम सुरु भएको थियो । एडीबीले विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो । सन् २०१३ को मंसिर १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनीले प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षमा जम्मा १६ प्रतिशत काम सम्पन्न गरेको भन्दै प्राधिकरणले मंसिरमा ठेक्का सम्झौता तोडेको थियो । नयाँ ठेक्कामा ९ कम्पनीकाे रुची हाल अर्को टेन्डर गर्दै कम्पनी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । जसमा ९ कम्पनीलाई प्रारम्भिक छनोट गरेको छ । सान्जोसेलाई तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण, अन्तर्राष्ट्रिय उडानका यात्रुको सामान ल्याउने बेल्ट (कन्भेयर बेल्ट) निर्माणको जिम्मा पाएको भएपनि निर्धारित कामको गति निकै सुस्त रहेको गरेको थियो । सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायत रहेका छन । एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर ९१० अर्ब रुपैयाँ०को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । विवाद पशुपतिको माटोमा सान्जोसेले पशुपति क्षेत्रकै माटो चाहिनुपर्ने सर्त राखेसँगै प्राधिरकरण र ठेकदारबीच विवाद चुलिएको थियो । सान्जोसेले नेपाली कम्पनी तुन्दी कन्स्ट्रक्सनलाई सहायक कम्पनी नियुक्त गरेर विमानस्थल विस्तारको काम गरेको थियो । विमानस्थल विस्तारका लागि पशुपति विकास कोषको जग्गाबाट माटो ल्याउने सुरु गरेपछि अख्तियारको छानविनले विशेष अदातलमा मुद्दा दायर गरेको थियो । अख्तियारको छानविनपछि कम्पनीले बच्चुराम एन्ड कम्पनीलाई माटो आपूर्ति गर्ने ठेक्का दिएको थियो । कारोबार दैनिकबाट ।