गाउँपालिका अध्यक्ष भन्छन् – प्रत्येक वडाकार्यालयसम्म गाडी पुग्नेगरी सडक निर्माण गर्दैछौं
नेपालको प्रदेश १ अन्तर्गत धनकुटा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो सहिदभूमि गाउँपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १८ हजार ७ सय ६० जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । गाउँपालिकाको पूर्वतर्फ धनकुटा नगरपालिका, पश्चिममा उदयपुर, सुनसरी र भोजपुर जिल्ला, उत्तरमा पाख्रीवास नगरपालिका र त्यसैगरी दक्षिणमा साँगुरीगढी गाउँपालिका रहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष मनोज राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? कोरोनाको दोस्रो चरण सुरु भएसँगै हामीले कोरोनाको प्रचारप्रसार गरेका छौं । हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । हामीले पलिकामा आइसलेसन कक्षको पनि तयार पारेका छौं । संक्रमण देखिएको तर लक्षण नदेखिएको बिरामीहरूलाई होम आइसलेसनमा बस्नको लागि आग्रह गरेका छौं । संक्रमण पनि भएको र लक्षण पनि देखिएको बिरामीहरूलाई हामीले कोभिड अस्पतालमा राख्ने भनेका छौं । १३ बेड आइसलेसन कक्ष तयार पारेका छौं । कोरोना नियन्त्रण गर्नको लागि पुर्वतयारी गरिरहेका छौं । पलिकामा मानिसहरूलाई भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । गत वर्ष हामीले कोरोना नियन्त्रणको लागि विशेष पहल गरेका थियौं । गाउँपालिका भित्र प्रवेश गर्ने नाका पनि बन्द गरेका थियौं । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै थियौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । स्वास्थ्य मापदण्डहरू अपनाउनका लागि हामीले नागरिकहरूलाई पनि आग्रह गरिरहेका छौं । हामीले कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएका छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् तर पनि नागरिकहरूलाई कोरोना देखि सचेत रहन आग्रह गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । ‘सहीदभूमिको समृद्ध शिक्षा, स्वास्थ्य र पर्यटन’ भन्ने हाम्रो नारा रहेको छ । शैक्षिक क्षेत्रको विकासको लागि बजेट पनि छुट्याएका छौं । विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । शिक्षाको गुणस्तरलाई बढाउनको लागि शिक्षकहरूलाई पनि तालिम दिँदै आएका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । विद्यार्थीहरूलाई विद्यालय जनाको लागि प्रोत्साहन पनि गरिरहेका छौं । दलित बालबालिकालाई न्यानो सुइटर र झेला पनि वितरण गर्दै आएका छौं । विद्यालयको पढ्ने वातवरण रमाइलो बनाउनको लागि बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा केही विद्यालयका भौतिक संरचना जिड्न अवस्थमा रहेका छन् । भौतिक संरचना जिड्न रहेका विद्यालयहरूलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत विद्यालयको भवन निर्माण गर्दै आएका छौं । पालिकाका कुनै विद्यालयका भवन बनेका छन् भने कुनै बन्ने क्रममा पनि रहेका छन् । केही विद्यालयको भवन निर्माण हुन सकेको छैन त्यस्ता विद्यालयमा पालिकाको तर्फबाट बजेट विनियोजन गरी विद्यालयको भौतिक सुधार विस्तार कार्यक्रमलाई अगाडि बढाएका छौं । विद्यालयको भवन बनाइरहँदा बाल र अपाङ्ग मैत्री बनाउनु पर्छ भनेर हाम्रो मान्यता रहेको छ । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? घोषणापत्रमा जारी भएका विभिन्न कुराहरू, जनताको सरोकारको विषय बस्तुहरू सन्दर्भमा धेरै कामहरू पुरा गर्दै आएका छौं । केही कुराहरू बाँकी पनि रहेका छन् । अब हाम्रो कार्यकाल १ वर्ष बाँकी रहेको छ । यो कार्यकाल भित्र बाँकी रहेको काम पनि सक्छौं भन्ने आशा छ । काम नै गर्ने नसक्ने कुराहरू घोषणापत्रमा लेखेको थिएनौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । घोषणापत्रमा उल्लेख गरेको कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै सकिसकेको जस्तो मलाइ लाग्छ । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन । हामीले गर्छौं भनेको कुरा बाहेक अरु कुराहरू महत्वपुर्ण पनि हुन सक्छन् । सहिदभूमि गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । कृषि विकासका लागि विभिन्न कृषि सहयोगका कार्यक्रमहरू पालिकामा रहेका छन् । पालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पनि लागु भएको छ । यस कार्यक्रमको माध्यमबाट ब्लक र पकेट क्षेत्रको विकास गरेका छौं । संघीय तथा प्रदेश सरकारको तर्फबाट पनि कृषिका योजनाहरू पालिकामा लागु भएको छ । पालिकास्तरका कृषि योजनाहरु हामीले तयार पारेका छौं । पालिकाको ठाउँअनुसार कृषि पकेट क्षेत्र छुट्याएका छौं । वडा नं. १ र ५ लाई तरकारी पकेट क्षेत्रको रूपमा वकास गर्ने भनेका छौं । २ र ३ नं. वडालाई कफी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । वडा नं. ४ र ६ लाई एभोगाडो र फलफूल पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । वडा नं. ५ लाई पशुपालनको पकेट कार्यक्रमहरू अगाडि सारेका छौं । हाम्रो पालिकामा केही कृषकहरूले व्यावसायिक कृषि खेतिको सरु गरेका छन् । पालिकामा विशेष गरी तरकारी बाली क्षेत्र अन्तर्गत टमाटर राम्रो उत्पादन हुने गरेको छ । टमाटर उत्पादनमा गर्नमा पनि कृषकहरू लागि परिरहेका छन् । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने जोड पनि दिइरहेका छौं । पशुपालनका क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । कृषकहरूलाई अनुदान स्वरूप प्लास्टिक टनेल पनि वितरण गर्दै आएका छौं । पालिकामा ५० देखि ७५ प्रतिशतसम्मका अनुदानका कार्यक्रमहरू धेरै रहेका छन् । कृषिलाई आधुनिकीकरण गर्नमा हामीले विशेष जोड दिएका छौं । कृषकहरूका बेला बेलामा कृषि औजारको सामान पनि वितरण गर्दै आएका छौं । पालिकामा कृषि समुहहरु पनि गठन भएका छन् । कृषि क्षेत्रका के–कस्ता समस्याहरू पलिकामा धेरै आउने गरेको छ ? कृषि क्षेत्रमा प्राविधिक समस्याहरू धेरै आउने गरेको छ । कृषकहरुले जुन रूपमा कृषिलाई प्राथमिकता राखेर काम गरी रहेका छन् त्यस्तो अवस्थामा विभिन्न रोग आउने र अत्यधिक मात्रमा विषादीको प्रयोग गर्नुपर्ने अवस्थाको सिर्जना आएको छ । बजारीकरणको समस्या पनि रहेको छ । कृषकहरूले उपयुक्त मूल्य नपाएको कारण तरकारीहरू नष्ट गर्नुपर्ने अवस्थाको पनि सिर्जना हुन्छ । तर पनि कृषि क्षेत्रमा आएको समस्यालाई न्युनिकरण गर्नको लागि हामी लागि परिरहेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ६० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई सम्मान गर्ने पनि गरेका छौं । तपाईंको काम गराईबाट नागरिकहरु कत्तिको सन्तुष्ट भएको पाउनु भएको छ ? मैले गरेको काम बाट नागरिकहरु खुसी नै छन् जस्तो मलाई लाग्छ । नागरिकहरूको अपेक्षा तथा चाहना पुरा गर्नको लागि हामी लागि परिरहेका छौं । तर पनि काम गर्ने सन्धर्वमा वा विषयवस्तुमा नागरिकको गुनासो रहेको छ । नागरिकको गुनासोलाई संभोदन गर्दै अगाडि बढि रहेका छौं । गाउँपालिकामा अहिलेसम्म विकास निर्माणको कामहरू प्रभावकारी नै भएका छन् । हामीले आशा गरेअनुरूप विकास निर्माणको काम गर्न सकेका छौं । नागरिकहरू पनि हाम्रो काम देखेर खुसी नै हुनुहुन्छ जस्तो लाग्छ । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? जनप्रतिनिधिको रूपमा आउँदा पालिकामा ७८ किलोमिटर मात्र सडक थियो । अहिले हामीले त्यो सडकलाई विस्तार गरी पालिका भरी ३ सय ७८ किलोमिटर सडक बनाउन सफल भएका छौं । हाल पालिकाको टोल टोल र बस्तीमा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । सडकको व्यवस्थापन गरी कसरी दिगो बनाउन सकिन्छ भनेर जोड दिइरहेका छौं । सडक संरचनाको निर्माण गर्ने गरी बजेट बिनियोजन गारेका छौं । सडकको सुविधा सबै नागरिकलाई पुगोस् भन्ने हाम्रो लक्ष्य रहेको छ । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने सडक सञ्जाल चाहिँ सबै वडामा पुगेको छ । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै छन् । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेका छौं । तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धी केलाई ठान्नुहुन्छ ? पालिकामा विकास भएअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । पालिकामा सडक सञ्जाल सबै ठाउँमा पुर्याउन पनि सफल भएका छौं । वडावडासम्म बस पुर्याउने भनेका थियौं । प्रत्येक वडाको वडाकार्यलयसम्म बस पुर्याउको लागि सडक निर्माण गर्दैछौं । कृषि विकासमा पनि राम्रो नै काम भएको छ । शिक्षामा पनि लगानी बढाएका छौं । नागरिकको घरको खरको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रम पनि छ । संघीय सरकारले सुरक्षित नागरिक आवस अन्तर्गत यो कार्यक्रम छ । पालिकामा रहेका गरिब विपन्न नागरिकको घरको खरको छानो हटाई टिनको छानो लगाउने काम भएको छ । पालिकामा २ हजार ७ सय ९१ ओटा घरमा खरको छानो थियो । पालिकाको पछिल्लो तथ्याङ्कअनुसार १ हजार ८५ ओटा मात्र खरको छानो रहेको छ । पालिकाको तर्फबाट पनि १ सय ५० भन्दा बढि घरको खरको छानो विस्थापित गरी टिनको छानो लगाइदिएका छौं । विपन्न वर्गलाई प्राथमिकतामा राखेर प्रति घर ५० हजार रुपैयाँको दरले दियौं । पालिकाको बिस्तारै खरको छानो हटि टिनको छानु लगाउने क्रम बढेको छ । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा लक्षित गर्दै पालिकामा विभिन्न सिपमूलक कार्यक्रम पनि लागु भएको छ । सिपमूलक भए बसेका धेरै युवाहरूले रोजगारी पाएका छन् । युवा स्वरोजगारको लागि हामीले जोड दिइरहेका छौं । विदेशबाट फर्किएका युवाहरूको समूह गठन गरी युवाहरूलाई अनुदान दिने व्यवस्था मिलाएका छौं । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । युवाहरूलाई धेरैभन्दा धेरै उत्पादन गरी बजार नपाएको अवस्थामा हामीले नै बजार व्यवस्थापन गरिदिन्छौं भनेका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । पालिकाका धेरै युवालाई विदेशको रहर पनि छ । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । पालिकामा हामीले युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । केही युवाहरूले व्यावसायिक कृषि खेतिको पनि सुरुवात गरेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । पालिकाका युवाहरूले जिविकोपार्जन गर्नको लागि विभिन्न काम गर्दै आएका छन् । गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकाको ठुलो योजनाको रूपमा सडक निर्माणको नै रहेको छ । सडक ग्रबेल गर्ने काम पनि पालिकामा भइरहेको छ । संघीय सरकाबाट प्राप्त वडा नं. ४ र ५ मा सडको ग्रबेल गरेर सडक फराकिलो बनाउने काम पनि भइरहेको छ । पालिकाम खानेपानी आयोजना पनि रहेको छ । गाउँपालिकाको भवन पनि निर्माण भएको छ । कोभिडको लागि क्वारन्टिन भवनको निर्माण गरेका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । कर्मचारी र जनप्रतिनिधिको बिचको काम फरकफरक हुन्छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्न सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागि तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध राम्रो भएकाले नागरिकहरू पनि खुसि रहेका छन् । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । गाउँपालिकालाई समृद्ध बनाउनको लागि हामी लागि परेका छौं । भौगोलिक विकटता रहेका हाम्रा पालिकामा धेरै नागरिकहरू गरिबीको रेखामा रहेका छन् । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य लिएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? हामी निर्वाचित भएर पालिकामा आइसकेपछि हामीले गर्नु पर्ने विभिन्न क्रियाकलाप गर्दै अगाडि बढेका छौं । कोरोनाको बाट सबै सचेत हौं भन्न चाहन्छु । पालिकाको विकास निर्माण गर्नमा नागरिको हमीलाई साथ चाहीन्छ । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्नुपर्छ भन्ने ठानेर त्यसै अनुसार हामीले कम्मर कसेका छौं । हामीमा पाइएको कमीकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । नागरिको आशा र अपेक्षा पुरा गर्नको लागि हामी लागि परेका छौं । सबै जनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु । स्थानीय स्रोत तथा साधनको परिचालन गर्दै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।
खोटेहाङ गाउँपालिकाले विद्यावारिधि गर्नेलाई एक लाख छात्रवृत्ति दिने
खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप एक लाख ११ हजार १११ प्रदान गरेको हो । गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही ५५ हजार ५५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही एक लाख ११ हजार १११ प्रदान गर्ने निर्णय गरेको थियो । उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ । यस्तै गाउँपालिकाले चालु आर्थिक वर्ष सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा शिक्षक छनोट समितिमार्फत राहत र करार दरबन्दीका १२ शिक्षक छनोट गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । यस्तै विनियोजित योजना तथा कार्यक्रमबाट विभिन्न विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, भित्तेलेखन, फर्निचर निर्माण, सिँढी तथा पर्खाल निर्माण, कम्पाउण्ड तथा घेराबारा, खेलमैदान निर्माण, कक्षाकोठा तथा भवन मर्मतका काम भइरहेको गाउँपालिकाले जनाएको छ । यसैबीच खोटेहाङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/७८ को वित्तीय प्रगति ४० प्रतिशत नाघेको छ । यस आवका लागि नेपाल सरकार तथा दातृ निकायबाट प्राप्त अनुदान तथा आन्तरिक आम्दानीबाट भएको कूल आयमध्ये ४०.१२ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय तथा प्रदेश सरकार र विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदान तथा गाउँपालिकाको आन्तरिक आम्दानी गरी ५४ करोड ८१ लाख १८ हजार ४३ आय अनुमान गरिएकामा हालसम्म ३१ करोड ५९ लाख ७१ हजार ३६२ भएको जनाइएको छ । गाउँपालिकाको यो वित्तीय प्रगति विवरणमा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यक्रम, साना सिँचाइ आयोजना र बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेट समावेश नगरिएको गाउँपालिका प्रमुख राईले बताएका छन् । गाउँपालिकाको चौथो वार्षिकोत्सवमा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा चालू आर्थिक वर्ष पूर्वाधार क्षेत्रअन्तर्गत ७ वटा पालिकास्तरीय सडक निर्माण तथा मर्मतका लागि एक करोड १८ लाख र ४० वटा वडास्तरीय सडक निर्माण तथा मर्मतका लागि एक करोड ६६ लाख ५० हजार विनियोजन गरिएको थियो । गाउँपालिकालाई चालु आवभित्रै पूर्ण उज्यालो पालिका बनाउने लक्ष्य राखिएको छ । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन तथा नौवटै वडामा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको छ । गाउँपालिकाका अनुसार न्यायिक कार्यलाई सहज, सरल र व्यवस्थित गर्ने उद्देश्यले गाउँपालिकाको प्रशासनिक भवनमा ठेक्का प्रक्रियाबाट न्यायिक समितिको सचिवालय हल निर्माण भइरहेको छ । रासस
‘एक घर एक धारा’ अभियान सञ्चालन गरी प्रत्येक वडामा खानेपानी पुर्याउन सफल भयौं – अध्यक्ष भोटे
नेपालको प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो भोटखोला गाउँपालिका । ५ ओटा वडा रहेको यस गाउँपालिकामा ३ हजार ५ सय ७३ जना मानिसको बसोबास रहेको पाइन्छ । सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष टाढा उत्तरी भेग (चिनको सिमाना) मा रहेको भोटखोला गाउँपालिका हो । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । कृषि विकासका लागि पालिकाले के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । कृषि विकासको लागि भनेर केही बजेट पनि छुट्याएका छौं । हामीले पालिकामा पकेट क्षेत्रहरू छुट्याएका छौं । पालिकाको कृषि क्षेत्रमा केही समस्याहरु रहेका छन् । पलिकाको सबै ठाउँमा सडकको पहुँच नपुगेको कारण बजार व्यवस्थापन हुन नसकेको कारण समस्या भएका हो । बेमौसमी कृषि खेति गर्ने कृषकहरूलाई प्लास्टिक टनेलहरू वितरण गर्दै आएका छौं । व्यवसायिक रूपमा अल्लो खेति पालिकामा धेरै हुने गरेको छ । उन्नत जातका बाख्रा, कुखुरा आदि पालन गर्ने कृषकहरुलाई बजारको व्यवस्था नभएको कारण कृषि विकासमा समस्या भएको छ । यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । हामीले कृषि विकासको लागि भावी योजनाहरू पनि तयार परेका छौं । हाम्रो पालिकामा विभिन्न अनुदानको कार्यक्रमहरू पनि रहेको छ । वडा नं.३, ४ र ५ मा अलैँची खेति हुने गरेको छ । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि पालिकाले के–कस्तो भूमिका खेल्दै छ ? हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनुपर्ने अवस्था छैन । पालिकामा धेरै बाक्लो बस्ती पनि रहेको छैन । कोरोनाबाट नागरिकहरू सचेत नै रहेका छन् । पालिकामा बाक्लो बस्ती नभएको कारण यता कोरोनाको प्रभाव खासै परेको छैन । नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्नु भनेका छौं । कोरोनाको समयमा बाहिरी जिल्लाबाट आउनेहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । चिनको सिमाना किमाथाङ्का लगायतका पालिकाको सिमानामा हेल्थ डेक्सको पनि स्थापना गरेका छौं । नागरिकहरूलाई कोरोना संक्रमण भइहाल्यो भने पालिकाको सदरमुकाम खाँदबारीमा लग्ने व्यवस्था मिलाएका छौं । बाहिरी ठाउँबाट मानिसहरू पालिका भित्र कमै मात्र आउने गर्छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले विभिन्न सूचनाहरू पनि प्रकाशन गरेका छौं । संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवनयापन गरिरहेका छन् तर पनि नागरिकहरूलाई कोरोना देखि सचेत रहन आग्रह गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ नि ? हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । पालिकामा जम्मा २३ ओटा आधारभूत र २ ओटा माध्यमिक विद्यालयहरू रहेका छन् । हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । पालिकामा कोरोनाको खासै प्रभाव नपरेको कारण परीक्षाहरू सञ्चालन गर्ने हेकि भनेर हामी छलफल पनि गरिरहेका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा केही विद्यालयका भवनहरू निर्माण भएका छन् भने गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गाउँपालिकामा शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा नै राखेका छौं । हामीले शिक्षा क्षेत्रमा आएका समस्याहरू समाधान गरेर पनि अगाडि बढिरहेका छौं । प्राविधिक शिक्षाका लागि हामीले विशेषे जोड दिइरहेका छौं । हामीले विषयगत शिक्षकहरूलाई पनि तालिमको व्यवस्था मिलाएका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? हामीले घोषणापत्रमा पालिकाको सबै ठाउँमा बिजुली पुर्याउँछौं भनेका थियौं । पलिकाको १४ घरमा बिजुली पुर्याउन बाँकी रहेको छ त्यी घरमा पनि बिजुली पुर्याउनको लागि बजेट छुट्याएका छौं । प्राय सबै वडामा हामी बिजुली पुर्याउन सफल भएका छौं । ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेर पलिकाको सबै वडामा खानेपानी पुर्याउन पनि सफल भएका छौं । कृषि सडको निर्माण गर्ने भनेको थियौं तर यो काम हुन सिकिरहेको छैन । कतिपय नागरिकहरूले जग्गा नदिने धेरै विवाद आउने गरेकाले कृषि सडको विकास हुन सकिरहेको छैन । स्वास्थ्य क्षेत्रको विकासको लागि पनि हामीले जोड दिइहेका छौं । करिव करिव घोषणापत्रमा लेखेको कुरा ८० प्रतिशत काम सकिसकेको छु । अबको कार्यकालमा बाँकी कामहरू पनि सक्ने नै छु । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हो हाम्रो पालिका पर्यटकीय स्थलको रूपमा चर्चित छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६१ लाख रुपैयाँ बजेट रहेको छ । प्रत्येक वडामा यो कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबिका रेखामुनी रहेका र बेरोजगारी भएका युवाहरू मात्र छनोट भएका छन् । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई सामान्य अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । कृषिसँग जोडिएका युवाहरू बजार नपाएर समस्या छ । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धी केलाई ठान्नुहुन्छ ? पालिकामा विकास भएअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । गाउँपालिकाको प्रत्येक घरमा बिजुली पुर्याउन पनि सफल भएका छौं । ‘एक घर एक धार’ कार्यक्रम सञ्चालन गरी पालिकाको सबै वडामा खानेपानी पुर्याउन सफल भएका छौं । हामीले स्वास्थ्य शिक्षा क्षेत्रको विकासको लागि पनि काम गरेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ त ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकको अवस्था काम भएको कारण पालिकामा कृषि सडकको विकास गर्ने मेरो योजना रहेको छ । पर्यटन, कृषि विकासको लागि विशेष जोड दिने हो । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । जनताको चाहना र आवश्यकता पुरा गर्नेको लागि हामी दिन रात खटिरहेका छौं । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? कोरोनाको बाट सबै सचेत हौं भन्न चाहन्छु । नागरिकहरू बाट सकारात्मक सुझाव र सकारात्मक सेचको विकासमा लागि परौं भन्न पनि चाहन्छु । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्नुपर्छ भन्ने ठानेर त्यसै अनुसार हामीले कम्मर कसेका छौं । यो भूगोलको परिचालन गर्ने भनेको नै यहीँका नागरिकहरूले हो । हामीमा पाइएको कमीकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । सबै जनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु । स्थानीय स्रोत तथा साधनको परिचालन गर्दै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।