दोरम्बा गाउँपालिकामा प्रवेश गर्ने सबै नाका बन्द
काठमाडौं । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि पालिकामा प्रवेश गर्ने सबै नाकाहरु बन्द गरेको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसका पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको सबै नाका बन्द गरिएको हो । पालिकाले जेठ ६ गतेसम्मको लागि मात्र नाका बन्द गर्ने निर्णय गरेको हो । संक्रमण दर गाउँपालिमा पनि उच्च भएपछि गाउँपालिकाले २९ गते बुधबार बसेको विपत् व्यवस्थापन सिमितिको बैठक अनुसार सबै नाका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले जनाकारी दिए । पालिकामा हालसम्म ८६ जना कोराना संक्रमित छन् । पालिकाले हिजो मात्रै ४१ जनाको स्वाव संकलन गरी पीसीआर परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाएको उनले जानकारी दिए । पालिकाले ९ ओटा विद्युतिय अक्सिजन उत्पादन गर्ने मेशिन र कन्ट्याक्ट ट्रेसिङ मेशिन पनि खरिद गर्न निर्णय भएको उनको भनाई छ । गाउँपालिकाले बजार क्षेत्रहरुमा भिडभाडलाई कम गर्न समेत आग्रह गरेको छ । हाल सो गाउँपालिकामा १३ ओटा आइसोलेसन कक्ष छन् । गाउँपालिकावासीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै सुरक्षित साथ बस्न पनि आग्रह गरिएको छ ।
धनुषाधाम नगरपालिकाले बनायो अक्सिजन सहितको १० बेडको आइसोलेसन वार्ड
काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाले अक्सिजन सहितको १० बेड क्षमता भएको आइसोलेन वार्ड सञ्चालनमा ल्याएको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसका संक्रमितलाई उपचार गर्नका लागि अक्सिजनसहित १० बेड क्षमता भएको आइसोलेन वार्ड सञ्चालनमा ल्याएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । पालिकाले पुरानो भवनमा सुविधायुक्त अस्थायी कोभिड अस्पताल बनाएको छ । पालिकाको हालको अवस्था हेर्दा उपचार गरेर संक्रमणलाई रोकथाम गर्न सम्भव नभएकाले निषेधाज्ञाको पूर्ण पालना नागरिकले गर्नुपर्ने अवस्था छ । नगरबासीले निषेधाज्ञाको पूर्ण पालना गर्दै घरमै सुरक्षित साथ बसिदिन पनि पालिकाले आग्रह गरेको छ । पालिकामा कोरोनाका संक्रमितहरु दिनहुँ बढ्दो छ भने संक्रमितको उपचार गर्न पनि समस्या रहेको छ । बाहिरी जिल्लाबाट आउने मानिहरुलाई १४ दिनसम्म क्वारेन्टिरमा बस्नको लागि पालिकाले आग्रह गरेको छ । पालिकाले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई जोड दिएको छ ।
फेदाप गाउँपालिकामा अत्यावश्यक वाहेकका सेवा बन्द
काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै जेठ २ गते सम्मको लागि अत्यावश्यक वाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे हाे । छिमेकि पालिकाहरुमा काेराेनाकाे संक्रमण दर उच्च भएकोले आफ्नो पालिकामा पनि कोरोनाको उच्च जोखिम्मा हुन्न सक्ने भन्दै जेष्ठको २ गतेसम्म बन्द गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराईले जनाकारी दिए । पालिकाले हालसम्म १० बेडको क्वारेन्टिन स्थापना गरेको छ । पालिकामा संक्रमण भएका नागरिकहरुको पीसीआर संकन गरेर धनकुटा पठाउने पनि भट्टराईले जनाए । गाउँपालिकाले बजार क्षेत्रहरुमा भिडभाडलाई कम गर्न समेत आग्रह गरेको छ । हाल सो पालिका आइसोलेसन कक्ष नभएको तर २ ओटा अक्सिजन सहितको बेड रहेको छ । आवश्यक परे आइसोलेसन कक्ष तयारी गर्ने पनि भट्टराईले जानकारी दिए ।