आफुले चढ्ने सवारी अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री ओसारपसारका लागि प्रयोग गर्न दिएको छु – गाउँपालिका अध्यक्ष ढकाल

कोरोना महामारीले नेपाल मात्र नभई संसारका सबै देशहरूनै आक्रान्त भइरहेको अवस्था छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पनि कोभिड–१९ को प्रभाव बढ्दो छ । देशभर निषेधाज्ञा जारी हुँदा संक्रमण त कम हुँदै गएको छ तर मानिसमा अझै पनि महामारीको त्रास छ । पालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालसँग विकासन्युजका राजिब न्यौपानेले गरेको कुराकानीको सार ः कोभिडको प्रभाव पालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागि पालिकाले कस्तो प्रयास गरिरहेको छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाको समयमा पालिका भित्रका धेरै ठाउँमा पूजा तथा विवाहहरु भए । पूजाआजामा धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो, त्यसैले जहाँजहाँ पूजाहरू धेरै भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पा¥यो । यो महामारी पालिकामा यसरी फैलिन्छ भन्ने हामीले सोचेका थिएनौं, यसलाई तुरुन्त नियन्त्रण गर्न सकिन्छ भन्ने आशा थियो । एकाएक पालिकामा कोभिड–१९ को प्रभाव तीव्र गतिमा बढ्दै । यस महामारीलाई न्यूनिकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था ग¥यौं । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा जारी गरेका छौं । सत्यवती गाउँपालिकाले बनाउँदै गरेको भवनमा ११ बेडको आइसोलेसन कक्ष तयार गरी कोरोना संक्रमित भएका नागरिकलाई राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा ३ ओटा एम्बुलेन्स छन् । सुरुसुरुमा एम्बुलेन्स चालकले पनि कोरोनाको बिरामी बोक्न असाध्यै समस्या माने । पछि हामीले एम्बुलेन्स चालकलाई एक ठाउँमा बोलाएर उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु दिई कुनै पनि हालतमा बिरामीलाई अस्पतालसम्म पुर्याउने काम गर्नुपर्छ भन्यौं । विभिन्न समस्याका कारण सुरुमा १/२ जना मानिसको क्षति भई समस्या पनि आयो । केही कोरोनाका संक्रमित भएका बिरामीहरू निको भई घर पनि गएका छन् । पालिकामा उपचार हुन नसक्ने अवस्था आयो भने कोभिडका बिरामीहरूलाई एम्बुलेन्स मार्फत् बुटवल, पाल्पा तथा चितवनसम्म लैजाने व्यवस्था मिलाएका छौं । बेडको अभावले कोभिड–१९ का बिरामीहरूलाई अन्य ठाउँमा पठाउन पनि समस्या भएको छ तर पनि अहिलेसम्म हामीले बेडको व्यवस्था गरी अन्य ठाउँमा पुर्याउने काम गरेका छौं । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन पालिकाले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य पनि गरिरहेको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । आफुले चढ्ने सवारी अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री ओसारपसारका लागि प्रयोग गर्न दिएको छु  । यस महामारीको नियन्त्रणको लागि स्वास्थ्य शाखा, कार्यालयको टिम, जनप्रतिनिधिहरू दिन रात खटिरहनु भएको छ । पालिकामा संक्रमितहरु पछिले समयमा केही कमि भएको भन्ने आवश छ । सी.सी.एम.सी को बैठक बसी कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धी लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी तुरुन्त पालिकाको स्वास्थ्यको टिम गएर यसको परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । पालिकामा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि पनि जोड दिइरहेका छौं । परीक्षण गरिसकेपछि पोजेटिभ देखिएको खण्डमा सुरुक्षित तरिकाले होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाएका छौं । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई स्वास्थ्य अवस्था बुझी सामान्य औषधी पनि दिएका छौं । कुनै संस्थाले सिलिन्डर, कसैले किटको लागि नगद सहयोग पनि गर्नु भएको छ । पालिकाकामा मानविय क्षति हुन नदिनको लागि कुनै पनि हालतमा जहाँ जे गर्नु पर्छ त्यसमा कुनै पनि कुराको बाँकी नराखौं भन्ने हाम्रो उदेश्य रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागी वडा कार्यालयहरूको सक्रियता बढेको छ । गाउँपालिको अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन होला ? हामीले स्वास्थ्य सामाग्रीको अभाव हुन दिएका छैनौं । कोभिडका बिरामीहरूलाई धेरै हुँदा पिपिई पनि प्रसस्त मात्रमा चाहियो, केही औषधी त आवश्यकता छ । स्वास्थ्य सामाग्रीलाई खोजी र संक्रमितलाई सकेसम्म स्वास्थ्यको सेवा दिनमा हामी लागि परेका छौं । कोभिड संक्रमित भएका बिरामीहरूलाई निःशुल्क खाने व्यवस्था पनि मिलाएका छौं । औषधी पनि निःशुल्क दिएका छौं । पालिकाका स्वास्थ्य जनशक्तिले भ्याएसम्म र सकेसम्मको काम गर्नु भएको छ । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र पालिकाले बनाएको आइसोलेसन कक्षमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बस्ने नागरिकहरूलाई सामान्य मेडिकल प्याकेज किट दिने गरेका छौं । स्वास्थ्य चौकीमा औषधी अभाहुन नदिनको लागि विभिन्न काम पनि गर्दै आएका छौं । अनि अक्सिजनको अभाव नि ? बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा यसलाई सहजिकराण पनि गर्दै आएका छौं । जनचेतनाको लागि स्वास्थ्यकर्मीको मार्फत सचेत बनाउने काम पनि हामी लागि रहेका छौं । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण पनि गरिएका छौं । हामीसँग प्राथमिक स्वास्थ्य केन्द्र भएको कारण सुरुमा पनि ५÷७ ओटा अक्सिजन थिए । केही अक्सिजनका सिलिन्डर पनि खरिद गरेका छौं । रोजगारीको लागि बिदेशमा गएका केही साथीहरूले १० ओटा सिलिन्डर उपलब्ध गराउने भनेका छन् । हामीले जतिसक्दो अक्सिजन पर्याप्त राख्ने र अक्सिजन अभाव हुन नदिनाको लागि हामीले काम गरिरहेका छौं । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेका छौं । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेका छौं । श्रमजीवी पालिकावासीको लागि पालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन त ? लकडाउन पछि कोभिड नियन्त्रण हुन्छ भन्ने हाम्रो सोच थियो । तर यो अनुमान भन्दा फरक ढङ्गले कोभिड देखिन थाले पछि हामीले लकडाउनलाई लम्बाउनु पर्ने बाध्यता सिर्जना भएको छ । श्रम गरी खाने विपन्न वर्गलाई पर्न सक्ने प्रवाभकेको लागि हामीले उनीहरूलाई वडा कार्यालयको अध्यक्ष समन्वय गरी राहत लिन सक्ने व्यवस्था मिलाएका छौं । हालै खान नपाएर भोकै बस्नु पर्ने अवस्थाको सिर्जना पालिकामा भएको छैन । खान नै नपाएर बसेका र भोकै बसेका नागरिकको लागि राहत दिएका छौं । यसरी नै कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यकता र अनिवार्यता छ । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? पहिलो चरणमा कोरोनाको बारेमा कसैले पनि विश्वास नै गरेनन् तर पहिलाको तुलनाको हाल निषेधाज्ञा पूर्ण रूपमा जनताको सहयोग छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या परेको छ । अहिलेको स्थितिमा सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेको छन् । मानिहरुलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै र मृतकको संख्या पनि बढ्दो भए पछि नागरिकहरू पनि त्रसित अवस्थामा छन् । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी अपिल गरेका छौं भने स्वास्थ्य मापदण्डको पनि पूर्ण पालना गर्न अनुरोध गरेका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण पालिका बासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । प्रदेश र केन्द्रको राजनैतिक खिचातानीले जनताहरू गाउँमा मरी रहेका छन् । केन्द्र र प्रदेशबाट ठुलो सहयोग हुन्छ र यो महामारीलाई नियन्त्रण गर्न सक्छौं भन्ने कुरामा अपेक्षा पनि छैन । पालिकाको साधना स्रोतले भ्याए जति महामारी नियन्त्रण गर्नमा लागि पारेका छौं । प्रदेश र केन्द्रबाट केही सहयोग मिल्छ र यो महामारीलाई नियन्त्रण गर्न सक्छौं भन्यौं भने महामारी भ्यवह हुन सक्ने अवस्था छ । हामीले हाम्रो तयारीका साथ अगाडि बढेका छौं । प्रदेश र केन्द्रबाट धेरै आशा गरेका छनौं । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा वा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रुप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन । अहिले कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकता नागरिकको जीवन रक्षा हुनुपर्ने हो । यो समयमा सरकारकै भर पर्ने हो भने महामारी नियन्त्रण कदापी सम्भव देखिँदैन । किन भने जनता रहेनै हामीले राजनिति गर्ने हो । नीति र निर्माणमा नेताहरू अलमलिइरहेका छन् । गाउँमा जनता मरिरहेका छन् । चुनाव हुने कि नहुने भनेर सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । तर पनि हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपयाहरु अपनाएर जनताको सुरक्षा गर्नमा हामी लागि परी रहेका छौं । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । एक ठाउँबाट अर्के ठाउँमा नजाऊ भनिएको छ । विकास निर्माण निर्माणको काम त धेरै प्रभाव परेको छ तर पनि विकास भनेको कुरा दोस्रो पाटो हो । किन भने जनता बचाउन सकियो भने विकास केही वर्ष पछि गर्ने पनि सकिन्छ । मानविय क्षति हुन बाट बचाऔं भन्ने छ । केही कोभिडबाट प्रभाव नपर्ने योजनाहरू त अगाडि बढेका छन् । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा चाहिँ के छ ? केही हदसम्म यो सही पनि हो । यो भन्दा केही अगाडी प्रदेश सरकारले कुनै पनि आश्वासन पनि दिएको थिएन । स्थानीय सरकारले सुरुबाट नै हेल्थ डेस्कको स्थापना गर्ने, बाहिरी जिल्लाबाट आएका मानिसहरूको सम्पूर्ण डाटा राख्ने काम गरेका थियौं । जब जनताको इच्छा चाहना पुरा हुन सक्दैन तब जनता आक्रोशमा आउनु स्वाभाविक नै हो । कोभिड–१९ को सम्बन्धमा कुनै एउटा निकायको प्रयासले मात्र यो रोग नियन्त्रणमा आउन सक्ने अवस्था छैन । नागरिकहरू जबसम्म सचेत, सजग, अनुशासित अनि स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो गतिविधि गर्नुहुन्न तबसम्म यो रोग नियन्त्रण गर्न सक्दै सकिँदैन । यो समयमा यस महामारीलाई नियन्त्रण गर्नमा हामी लागि परेका छौं ।

कोरोना विरुद्दको खोप खरिद गर्ने तयारीमा तिलोत्तमा नगरपालिका

काठमाडौं । तिलोत्तमा नगरपालिका कोरोना भाइरस विरुद्धको खोप खरिद गर्ने तयारीमा छ । नगरपालिकाले नगरवासीलाई नगरको आन्तरिक श्रोतबाटै खोप खरिद गर्ने तयारीमा लागेको हो ।तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस नगरपालिमा दिन प्रतिदिन संक्रमित बढ्दै जदाँ आन्तरिक श्रोत बाटै छिटै खोप खरिद ल्याउने भनिएको तर चाहेर पनि आफै खोप खरिद गर्ने नसक्ने अवस्था सिर्जना भएका नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताए । सम्बन्धित खोप उत्पादकसँग सिधै समन्वय नगरपालिकाले गर्न नसक्ने उनले जनाए । संघले खोप खरिदको अनुमति दिए नगरको आन्तरिक श्रोत व्यवस्थाबाट खोप खरिद गर्ने उनको भनाई छ । सङ्घीय सरकारले पालिकालाई खोप किनेर दिँदा ४ देखि ५ महिना लाग्ने र त्यो समयसम्म धेरै नगरबासीको ज्यान जाने भएकाले अरू शीर्षकबाट पनि बजेट छुट्याई नगरबासीलाई खोप खरिद गरी खोप लगाउने निर्णय गरेको घिमिरेले बताए । सङ्घीय सरकारले खोप खरिदको लागि अनुमति दियो भने विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्था र निजी क्षेत्रसँग समन्वय गरी उनीहरू मार्फत खोप खरिद गरी नगरबासीलाई निःशुल्क खोप लगाउन योजना रहेको उनले बताए । खोप खरिदको लागि लाग्ने बजेट कुन खोपको लागि कति रकम लाग्छ भन्ने कुराको नगरले आकलन गरेका छैन । नगरपालिकामा १८ वर्ष देखी ८० वर्षसम्मका खोप लगाउन योग्य रहेका नागरिकहरू ७३ हजार रहेका छन् । ७३ हजार नागरिकलाई पहिलो डोजको खोप लगाउनको लागि ७ करोड रुपैयाँ खर्च हुने र दोस्रो डोज पनि लगाउनको लागि १४ करोड रुपैयाँ खर्च हुने घिमिरेले बताए । संघीय सरकारले अनुमति दिए नगरमा पहिला चरणको खोप किन्ने तयारी छ । नेपाल सरकारले खोप दिई ६ हजार नागरिकले पहिलो चरणको खोप लगाइ सकेका छन् । पहिलो पनि खोप नलाएको संख्या नगरमा ७३ हजार रहेको घिमिरेले जनाए । खोप किन्ने अनुमति दिए पछि नगरको आन्तरीक स्रोतको व्यवस्था नगर सभाले गर्ने उनले बताए । अन्तर्राष्ट्रिय रेडक्रस संस्था सँग पनि नगरपालिकाले निःशुल्क खोपको लागि आव्हान गरेको छ । नगरले खोप खरिको लागि प्रदेश र केन्द्रमा पत्रचार गरेको तर पत्रको जवाफ नदिएको पनि घिमिरेले जनाए । काेराेना जोखिम न्यूनिकरणमा नगरकाे प्रयास नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेको घिमिरे बताउँछन् । पालिकाले २ अस्थायी कोभिड अस्पताल रहेका छन् । घिमिरे अनुसार यी कोभिड अस्पताल एक सय जनासम्म कोभिडका संक्रमित राख्न सकिने छ । हाल पालिकाको यी अस्थायी कोभिड अस्पतालमा २५ जना संक्रय संक्रमित रहेका छन् । कोरोना संक्रमितहरूको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि भइएको उनले बताए । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि पनि जोड दिइरहेका उनको भानाइ छ । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गर्दै आए पनि उनले बताए । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुराउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका पनि उनले बताउँछन् । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट उपलब्ध गराउँदै आएका घिमिरेले बताए । नगरले कोभिड अस्तालमा बसेका नागरिकहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ । कोरोना संक्रमण दर बढ्न थालेपछि नगर प्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने दिएका छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि आफू चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका पनि घिमिरेले बताए । पालिकामा कोरोनाको संक्रमणदर उच्च रहेको र एबुलेन्सको अभाव भएको कारणले आफूले चढ्ने सवारी एबुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको उनले बताए । कोरोना संक्रमति बिरामी बोक्न, स्वाब परीक्षणका लागि अस्पतालसम्म लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग हुने उनको भनाई छ ।

भोजपुरको षडानन्द नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द, बैंक ३ घण्टा मात्रै खुल्ने

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गरिने भएको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द हुने भएका हुन् । कोरोना भाइरस नियन्त्रण तथा समन्वय समितिको जेठ १२ गते बसेको बैठकले जेठ १९ गतेसम्मका लागि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गर्ने निणय गरेको हो । नगरपालिकाको मातहतमा स्वास्थ्य सेवा बाहेक, नगरपालिका कार्यालय, वडा कार्यलय सबै, शैक्षिक संस्थाहरु, हाटबजार, एवं अन्य सरकारी तथा गैरसरकारी संघ/सस्थाहरुबाट पनि अत्यावश्यक वाहेकका सबै सेवा बन्द हुने भएको छ । नगरपालिकाका बैंक तथा वित्तीय सस्थाहरुले विहान ११ बजे देखि २ बजेसम्मको लागि मात्र स्वास्थ्यका मापदण्डहरु पुर्ण पालना गरी खेल्न पाउने भएका छन् ।