मष्टा गाउँपालिकामा कांग्रेसका बोहरा विजयी

काठमाडौं । बझाङको मष्टा गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा विजयी भएका छन् ।३ हजार ८३ मत पाएर विजयी भएका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले भने २ हजार ३ सय ३७ मत ल्याएका थिए । यस्तै पालिकाको उपाध्यक्षमा हर्कबहादुर धामीले नेकपा एमालेका उम्मेदवार शर्मीला रोकायालाई ४ सय ८७ मतले पछि पार्दै विजयी बने । हर्कराजले २ हजार ८ सय १७ मत प्राप्त गर्दा शर्मीलाले २ हजार ३ सय ३० मत पाएकी छन् । ७ वडा रहेको यस गाउँपालिकामा गठबन्धनले ६ वटा वडा जितेको छ । एक वडामा नेकपा एमालेले एक वडामा मात्रै जीत हात पारेको छ ।  

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

बागमती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएकाे निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरेका थिए । यस गाउँपालिकाको पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो । त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी भएका छन् । आज बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा (माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा(एमाले) की पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् ।

सूर्यविनायक २ मा कांग्रेसको प्यानल विजयी

काठमाडौं । सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा रञ्जिता तिखात्री छन् । सूर्यविनायक नगरपालिका वडा नं १ र २ को अन्तिम मत परिणाम आउँदासम्म नगर प्रमुखमा कांग्रेसका उम्मेदवार निशान ढुङ्गेलले अग्रता लिइरहेका छन् भने उपप्रमुखमा नेकपा ९एमाले०की सरिता भट्टराईले अग्रता लिएकी छिन् । वडा नं ३ को मतगणना जारी रहेको छ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले वडा नं १, २, ३, ४, ५ र ६ मा विजय हासिल गरेको छ । त्यसैगरी चाँगुनारायण नगरपालिकामा एमालेको उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण –२ मा कांग्रेसका उम्मेदवार सोम प्रधान, सदस्यमा प्रेम खत्री, राधादेवी माकजु, सीता मिजार विजयी भएका छन् । एक सदस्यमा भने एमालेका उमेश प्रधान विजयी भएका छन् । चाँगुनारायण–३ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा श्यामसुन्दर धिमाल, सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, शिवराम सुलु, महिलामा दलितमा रमा थापा, सुष्मा सुनुवार विजयी भएका छन् । त्यस्तै मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले अग्रता कायमै राखेका छन् । उप्रमुखमा भने एमालेकी उम्मेदवार उत्तरा नेपालले अग्रता लिइरहेकी छिन् । मध्यपुरथिमि ३ मा कांग्रेसले विजयी हासिल गरेको छ । यस वडामा कांग्रेसका अध्यक्ष कृष्णहरि आचार्य, सदस्यमा गणेशमान कुटु, महिला सदस्य विनु केसी, दलित महिला निर्मला परियार र अर्का सदस्यमा एमालेको उम्मेदवार रवीन्द्रनाथ न्यौपाने विजयी भएका छन् ।