८८ वर्ष नाघेका नागरिकलाई भत्ता १२ हजार रुपैयाँ दिने महानगरपालिकाको निर्णय, बढेको भत्ता यसै वर्षदेखि वितरण गरिने

काठमाडौं। काठमाडौँ महानगर कार्यपालिकाको आजको बैठकले ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप भत्ता रकममा वृद्धि गरी रु १२ हजार दिने निर्णय गरेको छ । यसअघि वार्षिक रु १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएको थियो । महानगरको कार्यपालिकाले वार्षिक २ हजार भत्ता वृद्धि गरेको हो । त्यसबाहेक महानगरबासीले केन्द्रीय सरकारले दिने वार्षिक २४ हजार भत्ता पनि पाउने छन् । महानगरका जेष्ठ नागरिकले अव वार्षिक ३६ हजार रुयैयाँ वृद्धि भत्ता पाउने भएका छन । बैठकले आर्थिक वर्षभित्र विकासको काम सुरु गर्ने गरी सबै वडा कार्यलयमा रु २५ लाख बजेट दिने, दुई महिनाभित्र महानगरपालिकाको सङ्गठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको बैठकपछि प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । बैठकले नगर क्षेत्रमा साविकदेखि सञ्चालनमा आएका भाडाका ट्याक्सी मिटरमा गुड्नुपर्ने कानुनी व्यवस्थाको अनिवार्य पालना गराउने, ट्याक्सी पुराना भएको भनी प्राप्त जनगुनासोलाई दृष्टिगत गरी उक्त विषयमा सम्बद्ध यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखा समेतलाई कडा नियमन गर्न अनुरोध गर्ने साथै महानगपालिकाको सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । अबका दिनमा महानगरभित्र पुनःनिर्माणको कार्य गर्दा पुरातात्विक सम्पदालाई प्राथामिकता दिने प्रमुख शाक्यले जानकारी दिए । रासस

छोराछोरीको तलवको १० प्रतिशत बुबाआमाका लागि अनिवार्य दिनुपर्ने, ६० कटेका बुबाआमाको बैंक खातामै पैसा राखिदिनुपर्ने

काठमाडौं । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहेलित हुने क्रम बढेकाले नयाँ नियम ल्याउन लागेको मन्त्रालयका सहसचिव महेन्द्रबहादुर थापाले बताए। थापाका अनुसार देशभरका जागिरे छोराछोरीले आफ्नो बुबाआमाको खाता खोली बैंकमार्फत रकम पठाउनुपर्ने व्यवस्थासहित ऐन संशोधन गर्न लागिएको हो। बिहे गरेकी छोरीले पनि दिनुपर्ने बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई कमाइको १० प्रतिशतका दरले महिनैपिच्छे बैंक ब्यालेन्स गरिदिनुपर्नेछ। यो व्यवस्था सरकारी कर्मचारी, पुलिस, सेनाबाट सुरुवात गर्ने तयारी मन्त्रालयले गरे पनि सरोकारवाला निकायससँगको छलफलपछि सबै जागिरे छोराछोरीका लागि अनिवार्य गर्न लागिएको हो। ‘मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा पठाउनुपर्ने गरी ऐन संशोधन गर्न लागिएको हो,’ । मन्त्रालयको विभिन्न अध्ययनले देशका अधिकांश जिल्लामा वृद्ध आमाबुबा आफ्नै सन्तानबाट प्रताडित हुने क्रम बढिरहेको देखाएको छ। सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्न श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले ०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याएको थियो। सो ऐनमा ज्येष्ठ नागरिकलाई सबै सन्ततिले उचित भरणपोषणको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। तर, व्यवहारमा भने लागू भएको छैन। कतिपयले त पैतृक सम्पत्ति आफ्नो नाममा नामसारी गरी बुबाआमालाई घरनिकालासमेत गर्दै आइरहेका छन्। अपमानित गर्नेलाई कैदसम्मको सजाय सहसचिव थापाका अनुसार आफ्नै बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने छोराछोरीलाई जेल सजायसमेत हुनेछ। संशोधित ऐनमा बुबाआमाको खातामा रकम जम्मा नगरिदिने जागिरे छोराछोरी कारबाहीको भागीदार हुनेछन्। थापाले ऐन संशोधन गरी कडाइका साथ लागू गर्ने तयारी गरिएको जानकारी दिए। ‘ऐन संशोधन भएलगत्तै केन्द्रदेखि जिल्लास्तरसम्म अनुगमन टोली गठन गरी कार्यान्वयन भए–नभएको हेर्नेछौँ,’ थापाले भने, ‘बुबाआमाबाट छोराछोरीले पैसा नपठाएको र आफूलाई हेला गरेको जानकारी प्राप्त भए छोराछोरीमाथि कैदसम्मको कारबाही हुनेछ।’ जागिरे छोरीले पनि दिनुपर्ने बिहे गरेकी जागिरे छोरीले पनि आफ्ना बाबुआमालाई अनिवार्य रूपमा आफ्नो आम्दानीको १० प्रतिशत मासिक रूपमा बैंकमा जम्मा गरिदिनुपर्नेछ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सरकारी कर्मचारी, पुलिस, सेनाबाट सुरु गर्ने तयारी भए पनि सरोकारवालाहरूको सुझाबअनुसार सबै जागिरे छोराछोरीका लागि यो नियम लागू गर्न लागेको छ। बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाल्ने छोराछोरीलाई जेल सजायसमेत हुनेछ। संशोधित ऐनमा बुबाआमाको खातामा रकम जम्मा नगरिदिने जागिरे छोराछोरी कारबाहीको भागीदार हुनेछन् । नयाँ पत्रिका दैनिकबाट ।

रित्तिदै पहाड, शहरकेन्द्रित बसाईसराई बढ्यो

अछाम । अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ । साँफेबगर मंगलसेन सडक खण्ड त्यही रिडिकोट गाउँको बीचैबीच गएको छ । सडकको दायाँतिर हेर्दा ठुल्ठूला महल देखिन्छन् । परम्परागत कलाले सिंगारिएका यी घर अहिले रित्ता छन् । कुनै घरका छाना पूरै भत्किएका छन् त कुनैका भत्किने क्रममा छन् । घरवरिपरि झाडीले ढाकिएको छ । हेर्दै रहर लाग्ने ती महल अचेल खण्डहरमा परिणत भइरहेछन् । कुनै बेला मानिसको चहलपहलले भरिने दरबारजस्ता महल खण्डहर बन्नुको एउटै कारण हो( तीव्र बसाइँसराइ । सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुख्र्यौली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा यी घर खण्डहरमा परिणत भएका हुन् । रिडिकोट गाउँमा कति घरको त अस्तित्व नै नामेट भइसकेको छ भने स्वाँर जातिका मात्र सात(आठवटा घर खण्डहरमा परिणत हुने अवस्थामा छन् । खण्डहर भएका र हुने क्रममा रहेका ती घर देशकै पहिलो दुःखान्त नाटककार पहलमानसिंह स्वाँर तथा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरका आफन्तजनका हुन् । अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतः सबैभन्दा पहिले बसाइँसराइ गरी अन्यत्र जाने गाउँमध्ये पर्छ । बसाइँसराइ दर उच्च रहेको यस गाउँमा हाल बसोवास गरिरहेका अधिकांश परिवार पनि दोघरी (एक घर त्यहीँ र अर्को अन्यत्र भएका ) छन् । रिडिकोट एक उदाहरण मात्र हो । अछाममा बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका थुप्रै गाउँ छन् । भूकम्पअघि वारपाक तत्कालीन बाइसे, चौबीसे राजामध्येका एक बिमकोटे राजाको अछाम, बिमकोटस्थित दरबार भत्किने अवस्थामा । सशस्त्र युद्धपछि सबै परिवार विस्थापित हुँदा दरबार खाली छ । राणाकाल अन्त्य सँगसँगै विशेषगरी तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बसाइँ सरेर जाने अछामीहरूको संख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ, रिडिकोटकै स्थानीयसमेत रहनुभएका पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह । उहाँका अनुसार यसरी बसाइँ सरेर जाने दुई वर्ग छन् । एक, आर्थिक रूपमा सम्पन्न वर्ग जो थप सुविधाको खोजीमा बसाइँ सरेका छन् । अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतस् सबैभन्दा पहिले बसाइँसराइ सर्ने गाउँमध्ये पर्छ । यो गाउँ अहिले करिब/ करिब रित्तिइसकेको छ । अर्को, एकदमै विपन्न वर्ग जो दुई छाक टार्न पनि मुस्किल हुने र समाजमा विभिन्न दुस्ख, कष्ट भोग्न बाध्य भएकाले बसाइँ सरेका छन् । सम्पन्न वर्ग प्रायस् तराईका सहर र काठमाडौं उपत्यकामा गएको र विपन्न वर्ग प्रायस् तराईका गाउँमा गएको शाह बताउनुहुन्छ । बसाइँसराइ गरेर अन्यत्र जानेमा विपन्नको भन्दा सम्भ्रान्त वर्गको नै बाहुल्य देखिन्छ । आर्थिक रूपमा सम्पन्न भए पनि चाहेअनुसार शिक्षा तथा औषधोपचारका लागि स्वास्थ्य सेवाको अभावजस्ता कारणले बसाइँसराइ गर्नेको दर बढेको हो । अर्कोतर्फ आफ्नै खेतबारीमा उब्जेको अन्नले परिवार पाल्न नसकिने भएपछि बसाइँ सरेर तराईतिर झर्नेको लर्को नै लाग्ने गरेको छ । तराईमा आफूसँग जमिन नभए अधियाँ गरेर पनि परिवार पाल्न सकिने तथा ऐलानी जग्गासमेत कमाउन सकिने भएपछि अधिकांश बसाइँ सरेर गएको पाइन्छ । आर्थिक रूपमा सम्पन्न भएकै कारण थप सुविधाको खोजीमा होस् वा दुई छाक टार्नकै लागि होस्, बसाइँ सर्ने दर बढ्दै जाँदा अछामका थुप्रै गाउँ खाली हुने अवस्थामा पुगेका छन् । अन्नपूर्ण पोस्टबाट ।