डाक्टर केसी फेरी अनसन बस्दै
काठमाडौं । डाक्टर गोविन्द केसी फेरी अनसन बस्ने तयारी गरेका छन् । सरकारले आफ्नो माग पुरा नगरेको भन्दै केसीले अनसनको घोषणा गरका हुन् । उनले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटन दिएका हुन् । डा.केसीले आफूसँग सरकारले गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाहि गर्नुपर्ने लगायतका विभिन्न ३ बुदे माग राख्दै अनसन बस्ने चेतावनी दिएका हुन् । यस्तो छ डा. केसीका मागहरु १. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् । क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् । ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् । २. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् । ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडाैं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।
कञ्चनपुरमा आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै, आवश्यक सामग्री नगरपालिकाको वडाले सहयोग गर्ने
काठमाडौं । पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । शुक्लाफाँटा नगरपालिका– १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि मध्यनजर गर्दै औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको सङ्ख्या बढ्न थालेको छ । पञ्चकर्म सेवा सञ्चालन गरिएपछि औषधालयबाट एक वर्षको अवधिमै तीन हजार २ सय ६३ जना बिरामीले सेवा लिएको औषधालयका कविराज तारादत्त पाण्डेयले बताएका छन् । जसमध्ये पुरुष एक हजार १५२ र महिला दुई हजार १११ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको असारदेखि हालसम्म महिला र पुरुष गरी पञ्चकर्म सेवा लिने बिरामीको सङ्ख्या एक हजार ७०० रहेको छ । चाप बढ्दै गईरहँदा पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने वैद्य दिवाकर जोशीको भनाई रहेको छ । औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने बाष्प स्वेदन यन्त्र (बाष्प बाकस)मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त बाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरेको जानकारी दिएका छन् । यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनका लागि र आवश्यक सामग्री खरीद गर्न नगरपालिकाको वडा कार्यालयले एक लाख ५० हजार रकम उपलब्ध गराएको छ । बिरामीलाई प्राकृतिक रुपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नु परेको छ ।पञ्चकर्म सेवा सञ्चालन गर्न र योगा गराउनका लागि ११ लाखको लागत अनुमान तयार गरी आयुर्वेदिक विभागमा पठाए पनि हालसम्म यसबारे सुनवाइ हुन नसकेको वैद्य जोशीले जनाएका छन् । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले भत्ताको रकम जोगाएर औषधालयका लागि २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्रि यन्त्र र १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरीद गरेर बिरामीलाई सेवा दिएका छन् । औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी निःशुल्क उपचार गर्दै आएको छ । चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क दिइन्छ । सुत्केरी आमाका लागि दुग्धवद्र्धक सतावरी चूर्ण र सुत्केरी पछि मालिस गर्ने तेल समेत उपलव्ध गराइन्छ । वृद्धवृद्धाका लागि थकान कमगर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धबृद्धाको आकर्षण बढेको छ । रासस
महोत्तरीकाे स्वास्थ्य चौकीका सहायक २० दिनदेखि बेपत्ता, बिरामी भारी मारमा
काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका-५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार शाह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका-५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीको भनाई रहेको छ । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले जानकारी दिएकी छन् । स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । रासस