विश्वव्यापी रुपमा नै एचआईभिको नयाँ संक्रमण घट्दै, औषधी उपचारमा पहुँच बढ्दै
काठमाडौं। बिस्वोमा एचआईभि पत्ता लागेको ३७ बर्ष पुगिसकेको छ भने विश्व एड्स दिवस मनाउन थालएको ३० बर्ष भईसकेको छ। नेपाल लगायत विश्वव्यापी रुपमा नै एचआईभिको नयाँ संक्रमण घट्दै गईरहेको छ भने हेरचाह र सहयोग लगायत एआरभी औषधी उपचारमा समेटा पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएको छ। एचआईभी संक्रमणदरलाई अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो बिकास लक्ष्यहरु तथा एचआईभी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सम्बन्धी कार्यक्रमलाई तिव्रता दिनको लागि एड्स विरुद्द विश्व अभियान अन्तर्गत “एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं “ मुल नाराका साथ यस बर्षको विश्व एड्स दिवस मनाईदैछ। यसले सन् २०२० सम्मको लागि ९०:९०:९० अर्थात ९० प्रतिसत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहापाउने, ति मध्य ९० प्रतिसतको औषधी उपचारको पहुँच हुने र ति औषधी खानेहरु मध्य ९० प्रतिसतको शरीरमा भाईरसको भार न्युन भएको हुने० लक्ष्यलाई प्राप्त गर्न टेवा मिल्नेछ। सन् २०१७ को अन्त्य सम्म संसारभर ३ करोड ६९ लाख ब्यक्तीहरुमा एच आई भि संक्रमण भएको अनुमान गरिएको छ। नेपालमा भने ३१ हजार २० जनामा संक्रमण भएको अनुमान छ। ति मध्य पुरुषको संख्या १९ हजर २० र महिलाकोको संख्या १२ हजार रहेको छ। नेपालको वयस्क १५ बर्ष देखी ४९ बर्षको उमेर समुहमा जनसंख्यामा एचआईभि को ब्याप्ता दर ०.१५ प्रतिसत रहेको छ। नेपालमा कारीब ७५ प्रतिसत एचआईभि संक्रमण असुरक्षित यौनसंम्पर्कबाट भएको पाईएको छ। नेपालको वर्तमान एचआईभिको अवस्थालाई केन्द्रिक्रित माहामारीको रुपमा पारीभासित गरिन्छ। यस्को अर्थ एक वा सो भन्दा एचआईभि सर्न सक्ने जोखिममा रहेको समुहमा एचआईभि संक्रमण दर ५ प्रतिसत भन्दा बढी तर सामान्य जनसंख्यामा एचआईभि संक्रमन दर १ प्रतिसत भन्दा कम हुनु हो। नेपालमा एचआईभि संक्रमणको उच्च जोखिममा रहेक समुह – सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समालिङी तथा तेस्रोलीगींहरु, रोजगारिका लागि बाहिर जानेहरु र जेलका कैदीहरु हुन्। यि मध्य सईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिगीं यौनकर्मिहरु एचआईभि संक्रमणको दर अरु जोखिममा रहेको समुहभन्दा उच्च छ। सन २०१० देखी सन् २०१७ सम्मको बिस्वोब्यापी १६ प्रतिसत नयाँ संक्रमण घटेको छ भने ३५ प्रतिसतने बच्चाहरुमा हेने संक्रमण कम भएको छ। यसैगरी सन् २००४ ( सबैभन्दा धेरै एड्स सम्बन्धी भएको बर्ष) देखी सन् २०१७ सम्म एड्सको कारणले मृत्यु ५१ प्रतिसतले घटेको छ। सन् २०१७ सम्ममा कुल एच आई भी संक्रमित मध्य ५९ प्रतिसत ( २ करोड १७ लाक) मात्र एआरभी उपचारमा छन्। यसैगरी २०१० तुलनामा सन २०१७ सम्म नेपालमा ६१ प्रतिसतले नयाँ संक्रमण घटेको छ भने ६३ प्रतिसतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ। स्वास्थ्य सेवा बिभाग
फिजियोथेरापी सम्मेलनको पहिलो कार्यक्रम नेप्टामा सम्पन्न
काठमाडौं । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । देशभरका करिब ५० फिजियोथेरापीस्टको उपस्थिती रहेको उक्त कार्यक्रममा अस्पतालको प्रबन्ध निर्देशक डा.समता प्रसादले उद्घाटन गरेका हुन् । नेप्टाका अध्यक्ष तथा नेप्टाकनका वैज्ञानिक सत्रका संयोजक सहित ४ अन्तराष्ट्रिय फिजोथेरापिष्टको मुख्य उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा युनिभर्सीटी अफ मेलवर्नबाट आएका सहायक प्राध्यापक स्याली कोवान र डा. मार्गारेट शेरवुन, युनिभर्सीटी अफ सिड्नीबाट डा. ड्यारेन रिड, र मास्ट्रिच युनिभर्सीटी, नेदरल्यनण्ड्सबाट प्रा.डा. युगीन रामेक्रस उपस्थित रहेको थियो । मस्कोलोस्केलेटल, महिला स्वास्थ्यमा फिजियोथेरापी, र बालबालिकाका फिजियोथेरापीको विषयमा प्रस्तुती दिएका थिए । कार्यक्रम काठमाण्डौं विश्वविद्यालय र शंकर होटलमा गरि ३ दिनसम्म आयोजना हुने भएको छ ।
ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले हाल १३२ शाखा, १४१ एटिएम,६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर ,१०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ । उक्त सम्झौता पश्चात नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।