जाडो मौसममा के खाने ? हेलचेक्राइ नगरौं है !

काठमाडौं। दिनदिनै जाडो बढ्दै छ र यो अहिले प्राय मानिसको तनावको बिषय बनेको छ। जाडो मौसम सुरु भएलगत्तै हामी सबैलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ। यो जाडो मौसममा प्राय सबैमा देखिने समस्या हो। जाडो मौसममा के खाने भन्ने कुरामा धेरै अन्विज्ञ छन्। त्यसैले पनि मानिसहरु आफ्नो शरीरलाई तागत दिने कुराको थाहा नभएर बिरामी पर्ने गरेका छन्। त्यसैले जाडो मौसममा खाने कुरा ध्यान दिन एकदमै जरुरी छ। एकदम बढी चिसोले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाईरहेको हुन्छ। त्यसैले यस मौसमा जिंक पर्याप्त भएका खानेकुरा जस्तै छा, अन्डा र चिज पनि खानुपर्छ । यस्तै, स्वस्थ र सक्रिय प्रतिरक्षा प्रणालीका लागि शरीरलाई आइरन पनि उत्तिकै आवश्यक छ । यसबाहेक बी– १२ पर्याप्त भएका खानेकुरा निरन्तर रुपमा खान जरुरी छ। यो समयमा तातो झोल पदार्थहरुलाई हामीले प्राथमिकतामा राख्नुपर्छ। जाडो मौसममा शरीरलाई न्यानो राख्न धेरै शक्ति चाहिन्छ । यसका लागि पर्याप्त मात्रामा कार्बोहाइड्रेट अथवा शक्तिबद्र्धक खाना खानुपर्ने चिकित्सकको सुझाव छ । शरीरलाई जाडो मौसममा धेरै पोषणको आवश्यकता हुन्छ। यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरूबाट लड्न सहायता मिल्ने गर्दछ । १. च्याउ : च्याउले तपाईंको प्रतिरक्षा प्रणालीलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ। २. लसुन : चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ । ३. चिकन सुप : चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ । ४. पालुङगो : पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ । ५. गाजर : चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ । ६. कोको : काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन । ७. मरिच : चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ । ८. अदुवा : चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् । ९. दही : दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला । १०. चिया : चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरू चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।

एनआईसी एशियाले मृतक श्रेष्ठका परिवारलाई दियो ५ लाखको बीमा भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मृतक राजकृष्ण श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई ५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोलेका श्रेष्ठको २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएको थियाे । उक्त खाता खोल्दा ५ लाख रुपैयाँ बराबरको स्वतः दुर्घटना बीमा हुने भएकोले सो बीमाको क्षतिपुर्ति बापत बैंकले मृतक श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई सो मात्राको रकमको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले बिहीबार मृतकका छोरालाई प्रदान गरेका हुन् ।

युनियन लाईफले ल्यायो नयाँ योजना, १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने

काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना बजारमा ल्याएको हो । कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।