कोरोनाको ३ नयाँ संक्रमित थपिए
काठमाडौं । कोरोनाको ३ नयाँ संक्रमित थपिएका छन् । काभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख डा. विकास देवकोटाले कोरोनाको ३ नयाँ संक्रमित थपिएकाे बताएका हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ३ जनाकाे नतिजा पाेजेटिभ अाएकाे हाे । तीनैजना संक्रमित २४, ६० र ७२ वर्षिय पुरुष रहेकाे उनले जानकारी दिए। हिजाेमात्र एकैदिनमा उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियाे । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ जसमा ७ जना निकाे भएर घर गइसकेका छन् ।
भारतले दियाे नेपाललाई २३ टन औषधि सहयाेग
काठमाडाैं । भारतले काेराेना भाइरससँग विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । बुधबार साे औषधि सहयाेग दिएकाे बताइएकाे छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेकाे बताइएकाे छ । भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज छन् ।
सार्कमा काेराेनाः कुन देशमा कति संक्रमित ?
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण विश्वभर तीव् रूपमा फैलिरहेकाे छ । काेराेना भाइरस लागेर निकाे भएर जाने सँसँगै संक्रमित हुनेकाे संख्या पनि दैनिक बढ्दै गएकाे छ । सार्क देशहरूमा सबैभन्दा बढी भारतमा छ । पछिल्लाे समय भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाे छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्। कोरोनाको जोखिम कम गर्न भारतमा झण्डै एक महिनादेखि लकडाउन जारी छ। तर संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ। भारत जस्तै दक्षिण एशियाली अन्य राष्ट्रमा पनि कोरोनाको संक्रमण दर बढ्दै गएको छ। पाकिस्तानमा हालसम्म ९ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ सय ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यस्तै, बंगलादेशमा ३ हजार ७ सय ७२ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२० जनाको मृत्यु भएको छ। अर्को दक्षिण एशियाली देश अफगानिस्तानमा १ हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जनाले ज्यान गुमाएका छन्। श्रीलंकामा अहिलेसम्म ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी माल्दिभ्समा ८६, नेपालमा ४२ र भुटानमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।