बैतडीको क्वारेन्टाइनमै एक युवतीको मृत्यु
काठमाडौं । बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टानमा बसेकी २२ वर्षीया महिलाको गए राती मृत्यु भएको हो । केही दिन अगाडी कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्किएकी हुन् । मृतक सहित संगै बसेका ४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको तयारी भइरहेको छ । मृतक भारतको पञ्जावमा मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण बिगत १२ दिनदेखि औषधी सेबन नगरेको उनका श्रीमानले जनाएका छन् । उनी नेपाल आउनुअघि श्रीमानसहित भारतको पन्जाबमा बस्थिन्।
यस्ता छन् इम्युनिटी बढाउनका लागि बाबा रामदेवका ५ टिप्स
काठमाडौं । हाल कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । अहिलेसम्म यो भाइरस बाट ६३ लाखभन्दा बढि मानिसहरु संक्रमित भइसकेका छन् भने ३ लाख ७७ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । कोरोनाबाट अमेरिकाका जनता सवैभन्दा बढि शिकार भएका छन् । त्यसैगरी छिमेकी मुलुक भारतमा दिनहुँ ८ हजार भन्दा बढि मानिसमा संक्रमण पाइन थालेको छ भने हाम्रो देश नेपालमा पनि हालसम्म १८ सय भन्दा बढि मानिस संक्रमित भइसकेका छन् । यस्तो अवस्थामा आफ्नो शरीरको इम्युनिटी पावर बढाउनका लागि बाबा रामदेवले ५ ओटा उपायहरु बताएका छन् । आउनुस् जानौं ति उपायहरुका वारेमा – १) रामदेवका अनुसार योगले केवल शरीरलाई मात्र स्वस्थ राख्ने होइन कि कोरोनाबाट बचाउन पनि सक्षम छ । श्वासप्रश्वास सिस्टमलाई बलियो बनाउनका लागि भस्त्रिका प्राणायाम सवैभन्दा उपयुक्त छ । त्यसैगरी, कोरोनाको विषयलाई लिएर जो मानिस तनाव अथवा डिप्रेशनमा छ, उसले भस्त्रिकाको साथै अनुलोम–विलोम पनि अवश्य गर्नुपर्छ । २) संक्रमित व्यक्तिको नजिक नबसी योग गर्नुपर्छ । जो व्यक्ति अस्पतालमा भर्ती भएका छन् उनीहरुले पनि योग गर्न सक्छन् । पहिले देखि नै रोगी व्यक्तिहरुले पनि यदि कपालभाति प्राणायाम गर्छन् भने आराम महशुस गर्नेछन् । ३) बाबा रामदेवले मानिसहरुलाई नाकमा सस्र्यूंको तेल हाल्ने सल्लाह दिएका छन् । साथै उनले उज्जाई प्राणायाम गर्नुलाई पनि कोरोना कालमा अत्यावश्यक बताएका छन् । उनका अनुसार यसबाट कोरोना भाइरसको टेस्टिंग र ट्रिटमेन्ट दुवै हुनेछ । यदि एक देखि डेढ मिनेटसम्म पनि आफ्नो श्वास रोकेर बस्न सक्नुहुन्छ भने तपाईं कोरोना नेगेटिव हो । ४) रामदेव भन्छन् कि कतिपयलाई योगा गर्नमा समस्या हुने गर्दछ । यस्तोमा उनिहरुले सूक्ष्म योगको सहारा लिन सक्छन् । उनका अनुसार यस्तो वेलामा बटरफ्लाई तथा खुट्टालाई अगाडि पछाडि गर्न सकिन्छ । त्यसैगरी, चक्की आसन, शितकोणासन पनि दुई–तीन वर्षका बच्चाहरु देखि लिएर वृद्धवृद्धा तथा रोगी जोसुकैले पनि गर्न सक्छन् । ५) रामदेवका अनुसार योगा बाहेक उल्टो हिँड्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ । भारतीय प्रधानमन्त्री मोदी पनि केहि वेर उल्टो हिँड्ने गरेको उदाहरण दिँदै उनी भन्छन् कि यसबाट खुट्टाहरु बलियो हुनेछन् भने मांसपेशीमा पनि ताकत बढ्नेछ ।
कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो
काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ सय थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो । सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेलाई ज्याकेट हस्तान्तरण गरे । उत्पादक सङ्घका अध्यक्ष पौडेलले नेपालमा आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रभावकै कारण कोरोनाको सन्त्रास कम देखिएको उल्लेख गर्र्दै पछिल्ला दिनमा यसको महत्व बढ्दै गएको बताए । चिकित्सक सङ्घलका अध्यक्ष डा ज्ञवालीले वितरित ज्याकेटले औषधि उत्पादक, चिकित्सक, स्वास्थ्यकर्मी एक ठाउँमा छन् भन्ने सन्देश दिएको बताए । उनले भने, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ ।” यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ । कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन् । यही बेला आयुर्वेद चिकित्सकले अधिकतमरूपमा आयुर्वेदलाई आम मानिसमाझ पुर्याउनुपर्ने बेला आएको चिकित्सकहरुको भनाइ थियो । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष लामिछानेले अब आयुर्वेद औषधि उत्पादक, व्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीले आयुर्वेदलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए । सरकारले भर्खरै आयुर्वेद ‘गाइडलाइन’ बनाएर आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रवद्र्धनमा ध्यान दिएको छ । नेपालीको रोेगप्रतिरोधात्मक क्षमता आयुर्वेद तथा जडीबुटीहरुकै कारण उच्च रहेको प्रमाणित भइसकेको आयुर्वेद चिकित्सकको भनाइ थियो । रासस