रामेछाप जिल्लामा मास्क नलगाउनेलाई जरिवाना
काठमाडौं । कोरोना संक्रमणको दाेस्रो लहर बढेसँगै रामेछाप जिल्लामा मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गरिने भएको छ । प्रहरीहरुले जिल्लाका बजारी क्षेत्रमा कोरोना सम्बन्धी जानकारी दिँदै माक्स प्रयोग अनिवार्य नगरेमा जरिवानासहित कारबाही गर्ने जनाएकाे छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्नको लागि आज जिल्ला बजारी क्षेत्रमा अनिर्वाय मास्क लगाऔं, ‘कोरोना महामारीबाट आफुपनि बचौं र अरुलाई पनि बचाऔं भन्दौ प्रहरीहरुले माइकिङ गरेका थिए । कोरोना सम्बन्धि जानकारीको प्रचारप्रसार गरी अनिवार्य मास्क प्रयोगको लागि जनचेतना फैलाउन अभियान काम सम्पन्न भइसकेको र अब मास्क नलगाउलाई कारवाही गरिने पनि जिल्ला प्रहरी कार्यलयका डिएसपी नवराज ढुङ्गानाले बताए । प्रहरीले आज बजार क्षेत्रमा सर्वसाधारण तथा माक्स नलगाउने सवारी चालकलाई मास्क पनि वितरण गरेको छ ।
बिहीबार नेपालभर ४८ सय ३१ काेराेना संक्रमित थपिए, ३५ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा बिहीबार ४ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या ३४ हजार ११७ पुगेकाे छ । यस्तै आज ८८८ जना निको भएसँगैं हालसम्म २ लाख ८० हजार १६७ जना निको भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमणकाे कारण २३ जनाकाे मृत्यु भएकाे छ ।
बेनी अस्पतालका चिकित्सकले मोबाइलबाटै परामर्श दिने
बनी । बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डक्टर’ सेवा सुरु गरेको छ । तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्तबाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोबाइलबाटै चिकित्सकले परामर्श दिने सेवा शुरु गरेको हो । अस्पतालका नौ चिकित्सक, आकस्मिक, भर्ना कक्ष र व्यवस्थापन समितिका अध्यक्षको मोबाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर चिकित्सकबाट परामर्श लिन पाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले नियमित औषधि सेवा गर्ने बीमा गरेका सेवाग्राहीका लागि समेत अस्पतालको सेवा लिनका लागि समय तालिका बनाएर सार्वजनिक गरेको छ । बेनपाका वडा नं ७ र १ का बासिन्दाका लागि आइतबार, बेनपा–२, मालिका र मङ्गला गाउँपालिकालाई सोमबार, जलजला गाउँपालिका, बेनपा–४ र १० लाई मङ्गलबार, बेनपा–८ र ९ लाई बुधबार, बेनपा–४, ६ र धवलागिरि गाउँपालिकालाई बिहीबार तथा रगुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनपा–५ लाई शुक्रबारको समय तालिका बनाइएको छ । अस्पतालमा भीडभाडका कारण कोरोना सङ्क्रमण फैलने जोखिम बढेकाले आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द गरेको छ । केही दिनयता म्याग्दीमा लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । बुधबार म्याग्दीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।