काठमाडौं । कोरोना संक्रमणको दाेस्रो लहर बढेसँगै रामेछाप जिल्लामा मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गरिने भएको छ । प्रहरीहरुले जिल्लाका बजारी क्षेत्रमा कोरोना सम्बन्धी जानकारी दिँदै माक्स प्रयोग अनिवार्य नगरेमा जरिवानासहित कारबाही गर्ने जनाएकाे छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्नको लागि आज जिल्ला बजारी क्षेत्रमा अनिर्वाय मास्क लगाऔं, ‘कोरोना महामारीबाट आफुपनि बचौं र अरुलाई पनि बचाऔं भन्दौ प्रहरीहरुले माइकिङ गरेका थिए ।
कोरोना सम्बन्धि जानकारीको प्रचारप्रसार गरी अनिवार्य मास्क प्रयोगको लागि जनचेतना फैलाउन अभियान काम सम्पन्न भइसकेको र अब मास्क नलगाउलाई कारवाही गरिने पनि जिल्ला प्रहरी कार्यलयका डिएसपी नवराज ढुङ्गानाले बताए ।
प्रहरीले आज बजार क्षेत्रमा सर्वसाधारण तथा माक्स नलगाउने सवारी चालकलाई मास्क पनि वितरण गरेको छ ।