सरकारले भन्योः अब बेड उपलब्ध गराउन सकिँदैन, आफै व्यवस्था गर्नुस्

<p>काठमाडाैं । सरकारले अब बेड उपलब्ध गराउन नसकिने अवस्था आएकाे बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै  बेड उपलब्ध गराउन नसकिने अवस्था आएकाे बताएकाे हाे । मन्त्रालयले उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताउँदै अब बेड उपलब्ध गर्न नसकिने र आफै व्यवस्था गरेर बस्न आग्रह गरेकाे हाे । मोरङ, [&hellip;]</p>

काठमाडाैं । सरकारले अब बेड उपलब्ध गराउन नसकिने अवस्था आएकाे बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै  बेड उपलब्ध गराउन नसकिने अवस्था आएकाे बताएकाे हाे ।

मन्त्रालयले उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताउँदै अब बेड उपलब्ध गर्न नसकिने र आफै व्यवस्था गरेर बस्न आग्रह गरेकाे हाे ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

Share News