६ बुँदे सहमति गरेर चिकित्सकहरुले फिर्ता लिए आन्दोलन

काठमाडौं । नेपाल सरकार र चिकित्सकबीच आज भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाहीका गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुव्र्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्नेलगायतका माग सङ्घर्ष समितिले राखेको थियो । सहमतिपत्रमा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गर्नुभएको छ । सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

काठमाडौंमा मुख तथा अनुहारसम्बन्धि चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । मुख तथा अनुहारसम्बन्धि शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको हो । दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धि विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन । मुख तथा अनुहारको शल्य चिकित्साका लागि विश्वका नयाँनयाँ ज्ञान र सीप भित्र्याउने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा आयोजना गरिएको नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा. किशोर भण्डारीले बताए । अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, इटाली, बेल्जियम लगायतका मुलुकहरुका ख्यातीप्राप्त शल्य चिकित्सकहरु सहभागी भएका छन् ।

अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले ८ बर्षमा २ लाख ५० हजारलाई सेवा प्रदान

काठमाडौं । काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टाङ्ग आयर्बेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ८ बर्ष पुरा गरी नबौं बर्षमा प्रवेश गरेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको निवारण गर्ने मुल उद्देश्य बोकेर स्थापना भएको उक्त अस्पताल आयर्बेद क्षेत्रमा २५ बर्ष सेवा गरिसकेको व्यक्तिहरुद्वारा सञ्चालन भइरहेका छन् । अस्पताल सञ्चालनको ८ वर्ष पूराहुँदा आयर्बेद क्षेत्रमा अष्टाङ्ग आयर्बेद विश्वासिलो कम्पनीको रुपमा स्थापित छ । विश्वसनीय सेवाकै कारण ९ बर्षसम्म आइपुग्दा हस्पिटलले २ लाख ५० हजार बढीलाई सेवा दिइसकेको छ । हाल काठमाडौंको कलंकी र कोटेश्वरबाट सेवा प्रदान गरिरहेको हस्पिटलले आफ्नो प्रभावकारी सेवालाई विस्तारै देशैभरी फैल्याउने लक्ष्य राखेको छ । अष्टाङ्ग आयुर्वेदले आयुर्वेद उत्पादक कम्पनी प्रोग्रेसिभ हर्बल उद्योग, उत्पादन विक्री वितरण गर्ने प्रोग्रेसिभ इन्टरनेशनल प्रा.लि. र औषधी विक्रेता कम्पनी सुखायु आयुर्वेदिक फार्मेसी गरी दुई भातृसंस्था सञ्चालन गर्दै आएको छ । यी सबै कम्पनीमा गरी अष्टाङ्गले १२५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । अष्टाङ्गमा विशेषगरी एलोपेथिक र प्राकृतिक उपचार पद्दतीबाट सम्भव नभएर थाकेका निराश रोगीहरु आउने गरेको अष्टाङ्ग आयुर्वेद हस्पिटलका प्रबन्धक सञ्चालक सञ्चालक हृदयनारायण चौधरीले जानकारी दिए । त्यस्ता सबै रोगीहरु अष्टाङ्ग आयुर्वेद हस्पिटलको उपचारबाट सन्तुष्ट रहेको उनले दाबी गरे । दीर्घ र ठूला धेरै रोगको सफल उपचार गरिसकेपछि थप विश्वसनीयता कमाइसकेको यो हस्पिटलले विरामीहरूलाई बस्ने बेडसहित सरल, आधुनिक र प्रभावकारी तरिकाबाट उपचार सेवा पु¥याउँदै आएको छ । आफ्नो विश्वसनीयता र नामसँगै आयुर्वेद क्षेत्रमा अष्टाङ्ग उदाहरण बनिरहेको सञ्चालक चौधरीको भनाई छ । हस्पिटलले विभिन्न अवसरहरूमा निःशुल्क चेक जाँच तथा स्वास्थ्य शिविरको आयोजना समेत गर्दै आएको छ । ‘सस्तो र भरपर्दो सेवाको लागि सधैं र सबैको लागि’ नारा सहित आयुर्बेद उपचार केन्द्रको रूपमा स्थापना भएको यो अष्टाङ्गले पछिल्लो समयमा आयुर्वेदिक उपचार बैकल्पिक बन्दै गएकाले व्यवस्थित ढंगले हस्पिटल नै खोली सेवा सुरूवात गरेको हो । आयुर्वेद पद्दतीबाट रोगको उपचार गरिने यो आयुर्वेद हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचारसँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म, (स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तिकर्म, न्श्य, बमन, बिर्यचन), अग्नीकर्म, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापीलगायतका सेवाहरु उपलब्ध छन् । त्यस्तै हस्पिटलमा योगा हल, थेरापी हललगायतका सम्पूर्ण सुबिधा पनि रहेका छन् । पायल्स, फिस्टुला, फिसर, जोर्नी दुख्ने, मासपेशी दुख्ने, हातगोडा दुख्ने, शरिर कटकटी खाने, सुगर, युरिक एसिड, बाथ, हड्डी खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, पेट पोल्ने, घाँटी पोल्ने, पिनास, कब्जियत, ग्याष्टिक (अमलपित्त), दम, मधुमेह (डायविटिज), महिनाबारी गडबडी, खोकी, निमोनिया, यौन दुर्वलता, दाद, एलर्जी, प्रेसर आदी रोगको उपचार अनुभवि तथा विज्ञ डाक्टरहरूद्वारा उपचार गर्ने गर्दछ । त्यस्तै यो हस्पिटलमा छालामा मुसा पलाएको र गर्दनमा मासु पलाएको रोगको विशेष उपचार हुने गर्ने हस्पिटलले जानकारी दिएको छ ।