खाना खादै गर्दा समातेको कुमारीका सिइओको बयान, प्रहरी भन्छ -होइन
१४ फागुन । महानगरीय प्रहरी प्रभाग बानेश्वरमा रहेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले आफू खाना खान थकाली रेष्टुरेन्ट गएको समयमा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । उनले प्रहरीलाई सो बयान दिएर अनावश्यक दुख नदिन भन्दै चाढो रिहाइ गर्न पनि माग गरेका छन् । ‘थकाली खाना खानको लागि गएको समयमा प्रहरीले मलाई पक्राउ गरेको भन्ने बयान दिनुभएको छ,’ महानगरीय प्रहरी प्रभाग बानेश्वरका एक अधिकारीले भने– पदीय मर्यादा पनि विचार गर्नुपर्ने भएकोले मिलाएर चाढै छोड्ने तयारी गर्दैछौं । प्रहरीले उनलाई ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टवाट पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रुपमा पक्राउको कारण खुलाएको छैन । उनको साथमा अर्काे एक जना पनि भएको प्रहरीको दाबी छ । ‘उहाँले जस्तो दाबी गरिरहनु भएको छ, त्यो हुदैहोइन,’ ती प्रहरी अधिकारीले भने– हामीले प्रमाण सहित नै भेटेको भएपनि उहाँको पदीय मर्यादा पनि विचार गर्नुपर्ने अवस्था आएको छ । उपाध्यायलाई चाढै रिहा गरिने प्रहरीको भनाइ छ ।
कुमारी बैंकको सिईओ पक्राउ, प्रहरी कार्यलय तिनकुनेको हिरासतमा
१३ फागुन । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदय उपाध्याय पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यलय तिनकुनेले उपाध्यायलाई फागुन ११ गते कोटेश्वरस्थित एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिनकुने प्रहरी स्रोतका अनुसार उपाध्यायलाई प्रहरी कार्यलय तिनकुनेमा हिरासतमा राखिएको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले बतायो । कुमारी बैंक स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत उपाध्याय आईतबारदेखि वार्षिक विदामा बसेका छन् । उनी पक्राउ हुनुमा व्यक्तिगत कारण रहेको स्रोतले बतायो । राष्ट्र बैंक उच्च स्रोतका अनुसार कुनै पनि बैंकको व्यवस्थापक वा सञ्चालकलाई सार्वजनिक अपराधा मुद्दा लागेमा मुद्दाको अन्तिम अन्तिम किनारा नलागेसम्म निलम्वन गरिन्छ ।
नेपाल बैंकको सीइओमा सात जनाको भिडन्त, अन्तिम निर्णय अर्काे साता
१३ फागुन । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सात जनाले प्रधिस्पर्धा गरिरहेका छन । बैंकमा निजी क्षेत्रका बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतदेखि त्यही कार्यरत उच्च स्तरका कर्मचारीले आवेदन दिएका छन् । प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिनेमा अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, देवेन्द्र प्रताप शाह, समिर दाहाल, छविराज पन्त र रघुनाथ खनाल छन् । यो पदको लागि फागुन १० गतेसम्म आवेदन खुला थियो । यो पदको लागि आवेदन दिएका देवेन्द्र प्रताप शाह अर्थमन्त्री डा. रामशरण महतका खास मान्छे हुन्। उनले बीमा समितिको अध्यक्ष र कृषि बिकास बैंकको महाप्रबन्धकको अनुभव संगालिसकेका छन् । यी दुवै संस्थाको जिम्मेवारी उनले अथमन्त्री महतकै कारण पाएका थिए । उमेरले सबैभन्दा पाका शाह आधुनिक बैंकिङ प्रणालीमा अभ्यस्त छैनन् । अर्का आवेदक अनलराज भट्टराईको बैंकिङ करिअरको शुरुवात नै नेपाल बैंकबाट भएको थियो । बैंकमा प्रथम श्रेणीबाट प्रवेश गरेका भट्टराईले विशिष्ट श्रेणीबाट राजिनामा दिएका थिए । उनले त्यहा पाँच बर्ष मात्र काम गरेका थिए । भट्टराई सानिमा बिकास बैंक, सिनर्जी डेभलपमेन्ट बैंक र कमर्श एण्ड ट्रष्ट बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन्। कुमार लम्साल पनि विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । यसअघि प्रभु बैंकमा र त्यसभन्दा अघि सानिमा बैंकमा उनी सीइओ थिए । छविराज पन्त हाल नेपाल एसबीआई बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् । कुलराज चालिसे नेपाल बैंकका पूर्वकर्मचारी हुन् । बरिष्ठ प्रबन्धकको जिम्मेवारीमा रहेका उनले चार वर्षअघि पदबाट राजिनामा दिएका थिए । समिर दाहाल सिटिजन्स बैंकमा प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन्। उनी चार्टर्ड एकाउटेन्ट पनि हुन् । उनले यसअघि भने हिमालयन बैैंकमा आन्तरिक लेखा परिपक्षण तथा अनुगमन शाखामा रहेका काम गरेका थिए । रघुनाथ खनाल भने हाल नेपाल बैंकमै कार्यरत छ । उनी त्यहाका उपमहाप्रबन्धक हुन् ।