जीवन बीमकको व्यापार १५ प्रतिशतले बढ्यो, सर्वाधिक व्यवसाय गर्नेमा नेपाल लाइफ

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३६ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार जारी गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले वैशाखसम्ममा १ करोड ३७ लाख २८ हजार ३४२ वटा बीमालेख बिक्री गरेर १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँको व्यापार गरेका हुन् ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरूको व्यवसाय १४.८४ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा मात्रै १२ लाख ३४ हजार ८८७ बीमालेख जारी गरेर १३ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।  नेपाल लाइफको सर्वाधिक व्यापार चालु आवको १० महिनामा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले वैशाखसम्ममा चालु आर्थिक वर्षको वैशाखसम्म ३६ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा नेपाल लाइफको व्यवसाय १३ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । व्यवसाय वृद्धिदरको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा उक्त कम्पनीले आफ्नो व्यवसाय ५०.३६ प्रतिशतले बढाएको छ ।  वैशाखसम्ममा कम्पनीले ८ अर्ब ६७ करोड १५ लाख रुपैयाँको व्यवसाय गरेको छ । गत आवमा कम्पनीले ५ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको थियो । धेरै व्यवसाय भित्र्याउने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले १० महिनामा १७ अर्ब २० करोड रुपैयाँको व्यवसाय आर्जन गरेको छ । जुन गत आवको तुलनामा २०.०३ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँको व्यापार गरेको थियो ।  धेरै व्यवसाय आर्जन गर्ने तेस्रोमा लाइफ इन्स्याेरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले १० महिनामा १५ अर्ब ५७ करोड ४७ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय ९.४० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । चालु आवको १० महिनामा हिमालयन लाइफले १३ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ व्यवसाय गरेको छ । जुन गत आवको तुलनामा २.१० प्रतिशतले बढी हो । त्यस्तै, सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड ३ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब १४ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड ७८ लाख, मेट लाइफले ४ अर्ब ९८ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।  अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा सूर्यज्योति लाइफले १७.२७, एसियन लाइफले ११.८०, सिटिजन्स लाइफले २०.८३, सानिमा रिलायन्सले १३.७१ र मेट लाइफले ९ प्रतिशतले व्यवसाय बढाएका छन् ।  वैशाखसम्ममा आइएमई लाइफले ४ अर्ब १९ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ अर्ब ७९ करोड ३९ लाख, प्रभु महालक्ष्मीले ४ अर्ब १० करोड २१ लाख, सन नेपाल लाइफले ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा आईएमई लाइफको व्यापार १४.८० प्रतिशत, रिलायबल नेपाल लाइफको २३.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २०.०९ प्रतिशत र सन नेपाल लाइफको १०.७३ प्रतिशतले बढेको छ । 

कलिला मस्तिष्कमा श्रमको भारी

काठमाडौं । १४ वर्षको उमेर खेल्ने, पढ्ने अनि रमाउने उमेर हो । स्कुल जाने समयबाहेक बिहानसाँझ बाआमालाई काममा सघाउने  नभए रमाएर दिनहरू बिताउने बेला हो । तर सबैको किस्मतमा त्यस्तो कहाँ लेखिन्छ र ? सके जिद्दी गरी, नसके घुर्की लगाउँदै पढ्ने र रमाउने बेलामा उदयपुरकी पुष्पा मगर कहिले इँटाभट्टा त कहिले ज्यामी काम खोज्दै हिँड्छिन् । अहिले इँटाभट्टाको काम बन्द छ । उनलाई ज्यामी काम पाउन पनि मुस्किल छ । कहिले भेटाउँदा काम गर्छिन् नभए त्यत्तिकै बस्छिन् ।  यद्यपि पुष्पाले आफ्नो पढाइ भने छोडेकी छैनन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा रहेको गणेश माविमा कक्षा ९ मा अध्ययन गर्छिन् ।  ‘मलाई चाहिने पैसा बुबालाई माग्नु नपरोस् भन्ने चाहन्छु,’ उनी भन्छिन्, ‘बुवाले पनि ज्यामी काम गरेर कमाउनुहुन्छ, त्यो पैसाले भाडा तिर्न, माम खान पनि पुग्दैन, त्यसैले आफै काम गर्छु ।’  पुष्पाको परिवारमा अहिले बुवा, भाइ गरी तीन जना छन् । उनको भाइ पनि त्यही स्कुलमा कक्षा ५ मा अध्ययन गर्छन् । उनका बुवा पहिले गाडी चलाउँथे अहिले शारीरिक अवस्थाले गाडी चलाउन नमिलेपछि पुष्पा र उनको परिवारलाई थप आर्थिक संकट परेको छ । यही संकटमा उनकी आमा अर्कै पुरुषसँग हिँडेपछि झन् पीडा भोग्नुपरेको पुष्पा बताउँछिन् ।  बुवा भक्तपुरमा रहेको इँटाभट्टामा काम गर्थे । उनको एक्लैको कमाइले अपुग हुन्थ्यो । उनी पनि बुवासँगै इँटा बनाउन जान्थिन् । उनी अहिले बिदाको समयमा पाएसम्म ढुंगागिट्टी बोक्ने काम गर्छिन् । उस्तै व्यथा सिन्धुलीकी मेनुका परियारको पनि छ । उनी काठमाडौंको बालसेवामा कक्षा ८ मा अध्ययनरत छिन् । दिनभरि स्कुल जाने र साँझ ४ बजेदेखि ९ बजेसम्म उनी खाजा पसलमा काम गर्छिन् । मम बनाउनेदेखि सरसफाइ गर्ने, भाँडा माझ्ने सबै काम उनले गर्नुपर्छ । दिनमा ६ घण्टा काम गरेवापत उनी मासिक चार हजार रुपैयाँ थाप्छिन् ।  मेनुकाले होटलमा मात्र होइन, कहिलेकाँही साहुको घरमा पनि सरसफाइको काम गर्नुपर्छ । महिनाभरि कामको कहिल्यै छुट्टी हुँदैन । उनी यो पैसाले कापी किताब र आफूलाई चाहिने लत्ताकपडा किन्छिन् । उनका बाबाले कपडा सिलाउने काम गर्छन् भने आमा घरमा काम गर्छिन् ।  ‘काठमाडौंमा कोठामा बस्नुपर्ने, भाइबहिनी पनि धेरै, अलिकति ऋण पनि छ,’ उनी भन्छिन्, ‘मैले काम गरे बुवालाई माग्न पर्दैन, केही भएपनि बाआमालाई सहज होस् भनेर बाध्यताले काम गरेकी हुँ ।’ सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा घोषणा गरेको छ भने कक्षा ८ सम्मा अनिवार्य भनेको छ । तर धेरैजसो बालबालिका आर्थिक अभावकै कारण विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । निःशुल्क भनिएका सामुदायिक विद्यालयले पनि विभिन्न बहानामा शुल्क लिइरहेका छन् । विद्यार्थीले परीक्षा शुल्क, वार्षिक शुल्क भन्दै पैसा तिर्नुपर्ने बाध्यता छ ।  किताब मात्र निःशुल्क पाएको अवस्थामा शिक्षा नै निःशुल्क भनिरहँदा आर्थिक अवस्था कमजोर परिवारका बालबालिका विद्यालयको पहुँचबाट टाढा रहनुपर्ने नियति उस्तै रहेको अभिभावक संघ नेपालका सचिव प्रवीण निरौला बताउँछन् ।  ‘घरमा अभिभावकको आर्थिक अवस्था राम्रो नहुँदा बच्चाहरूले समस्या भोग्नुपरिरहेको छ,’ उनी भन्छन्, ‘सरकारले अब रोजगार नभएका अभिभावकलाई उनीहरूको सीप, दक्षता अनुसार रोजगार उपलब्ध गराउनुपर्छ, यति गर्न सकेमात्र पनि धेरै इँटाभट्टा, गलैंचा कारखाना लगायत धेरै क्षेत्रमा श्रमिक बालबालिका पाउन छोड्छन् ।’ बालबालिकाको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी पनि शिक्षा र स्वास्थ्य मात्र निःशुल्क हुने हो भने बालश्रमिकको संख्या शून्यमा झार्न सकिने बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था विश्वास नेपालका मीरा बानियाँ सरकारले स्वास्थ्य क्षेत्रको निःशुल्क भनिएका सेवा पनि नागरिकले सहज रूपमा नपाउँदा र विद्यालयमा शिक्षा निःशुल्क नहुँदा बालबालिका बालश्रम गर्न बाध्य भएको बताउँछिन् ।  पुष्पा, मेनुका जस्तै थुप्रै बालबालिकाहरूले राम्रोसँग पढ्न पाउने वातावरण छैन । एकातिर काम अर्कोतिर पढाइ हुँदा न उनीहरू राम्रोसँग अध्ययन गर्न सक्छन्, न उनीहरूले चाहेको लक्ष्य पूरा गर्न सक्छन् ।  पर्साका सुविन वाइवा अहिले १२ वर्ष भए । उनी ११ वर्षदेखि काठमाडौंको गोकर्णमा रहेको एउटा गलैंचा कारखानामा काम गर्दै आएका थिए । केही दिन अघिमात्र उनलाई कारखानाबाट उद्धार गरेर एउटा सेल्टर हाउसमा राखिएको छ । आमाको फरिया समाउँदै बुवाको औंला समाएर हिँड्ने दिनमै उनी काठमाडौंको एउटा कारखानामा कामदारको रूपमा काम गर्न बाध्य भए । उनले न राम्ररी सुत्न पाउँथे न पेटभरि खान ।  बिहान साढे तीन बजेदेखि सुरु गरेको काम कहिलेकाहीं राति ११ बजेसम्म गर्नुपर्थ्यो । कलिलो मस्तिष्क कुन काम कसरी गर्ने भन्ने समेत मेसो नपाउँदा उनले भोग्नुपर्ने दुःखका कहानी उस्तै छन् । यसरी काम गर्दा उनी ७ हजार पैसा पाउँथे । त्यो पैसाले खाना आफै खानुपर्थ्यो । ‘कहिले कारखानाले नै खाना दिन्थ्यो, धेरै बाहिर किनेर खानुपथ्र्यो,’ उनी भन्छन्, ‘त्यही पैसा बचाएर घरमा आमालाई पठाउँथे, अहिले यो संस्थामा राखेपछि पढाउन सिकाउन थालेको छ ।’ सानै उमेरमा काठमाडौं कसरी पुग्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्,  ‘मेरो स्टेपफादर पट्टिको दादाले जहिले पिट्नुमात्र हुन्थ्यो, यसो हुँदा मलाई घरमै बस्न मन लागेन । अर्को जेठो दादा यही कारखानामा काम गर्नुहुन्थ्यो उहाँसँगै पछि लागेर काम गर्न आए ।’ अहिले उनी बसिरहेको संस्थाले तीन महिनामात्र उनलाई सेल्टरमा राख्ने भनेको छ । तीन महिनापछि घर जान चाहनेलाई घरमै पढ्न खर्च दिने र जान नचाहनेलाई यही पढाइदिने भनेको छ । उनी घर नगएर यही बसेर पढ्ने बताउँछन् ।  पारिवारिक विखण्डनको असर विभिन्न उद्योगमा काम गर्ने श्रमिक बालबालिका र सडकमा भेटिने अधिकांश बालबालिकाको पृष्ठभूमि हेर्दा पारिवारिक विखण्डन मुख्य कारण देखिन्छ । परिवारमा आमाबुवाको राम्रो मेलमिलाप नहुँदा अधिकांश बालबालिका सडकमा आउन बाध्य छन् ।  भोजपुरका निशान दर्जी अहिले १२ वर्षका भए ।  उनी आमासँगै ललितपुरको चापागाउँमा बस्थे । उनकी आमा सेक्युरिटी गार्डको रूपमा काम गर्थिन् । उनका बुवा काम गर्न विदेश गएका थिए । अहिले उनी अर्कै श्रीमतीसँग भोजपुरमै बस्छन् ।  निशानकी आमा र दुईजना दिदी काठमाडौंमा बस्छन् । उनी ललितपुरको सरस्वती सेकेण्डरी स्कुलमा पढ्थे । तर उनलाई पढ्न मन लागेन । आमा काममा गएको मौका छोपी उनी फर्केर घर जान थाले । स्कुल जान नमानेपछि आमाले गाली गर्दा उनी घर छोडेर सडकमा आए । उनीसँगै पढ्ने स्कुलका साथीसँगै उनी सडकमा आए । उनकी आमाले दुई–तीन पटक खोजेर घरमा ल्याउँदा पनि उनी भागेर फेरि सडकमै आउन थाले । निशानलाई दिनहुँ सडकमै देखेपछि एउटा बसको ड्राइभरले सहचालकको रुपमा काम गर्न आग्रह गरे । त्यसपछि उनले गाडीमा काम गर्न थाले । ७ महिना जति गाडीमा हिँड्दा सुरुमा राम्रै व्यवहार गरे पनि ड्राइभरले हेप्ने, रिसाउने र पैसा पनि नदिने गर्न थाले । दिनभरि गाडीमा हिँड्दा जम्मा २५० रुपैयाँ  पाउँथे । त्यही पैसाले चुरोट, गाँजा खान्थे ।  निशानलाई गाडीमा काम गरेको देखेपछि प्रहरीले बालहेल्प लाइनमा फोन गर्यो । त्यसपछि प्रहरीले उद्धार गरेर एक महिना संरक्षणमा राख्यो । एक महिनापछि पढ्ने कि घर जाने भनेर सोध्दा उनले पढ्ने बताए । अहिले उनी काठमाडौंको एक सेल्टरमा बसेर कक्षा ६ मा अध्ययन गरिरहेका छन् ।  भन्छन्, ‘अब जतिसम्म संस्थाले पढाइदिन्छ पढ्छु नभए घरमै गएर ममीसँग बस्छु, अब यसरी सडकमा आउँदिनँ ।’  इँटाभट्टामा काम गर्ने पुष्पाको पनि आमाबुवाबीच राम्रो सम्बन्ध छैन । बुवा र बच्चालाई छोडेर आमा अर्कैसँग भाग्दा आफूहरूको अवस्था यस्तो भएको उनी बताउँछिन् ।  विशेषगरी घरेलु श्रमिक बालबालिकाहरूले शारीरिक तथा मानसिक पीडा धेरै पाउँछन् । धेरैजसो बालिका घरमा काम गर्दा मानसिक मात्र होइन, यौन हिंसाको समेत सिकार बनेका छन् । घरमा काम गर्दा यौन हिंसा भोगेका धेरै बालिकाहरू अहिले काठमाडौंका विभिन्न संघसंस्थामा संरक्षणमा बसिरहेका छन् ।  कमजोर आर्थिक अवस्था  परिवारको आर्थिक अवस्था कमजोर हुँदा बालबालिका पढाइभन्दा बढी काममा ध्यान दिने गरेका छन् । उपत्यका वा बाहिरका इँटाभट्टा, गलैंचा कारखाना, होटललगायतका विभिन्न क्षेत्रमा बालबालिकाहरू काम गरिरहेका छन् । यसरी काम गरिरहेका बालबालिकाहरू परिवारको आर्थिक अवस्था कमजोर हुँदा काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । उपत्यकाका घरघरमा पनि उत्तिकै घरेलु बालश्रमिक रहेको बालबालिकाको क्षेत्रमा काम गरिरहेकाहरू बताउँछन् । कतिपय बालबालिका काम गर्दै पढ्ने गरे पनि कतिपय बालबालिका भने शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।  के छ कानुनमा ? नेपालको संविधानले बालश्रमलाई पूर्णतया निषेधित र दण्डनीय गरेको छ । नेपालको संविधानको धारा ३९ को उपधारा (४) मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाएको छ । बालबालिका सम्बन्धी ऐन, २)७५ को दफा ७ को उपदफा (६) मा प्रत्येक बालबालिकालाई आर्थिक शोषण हुनबाट संरक्षण पाउने अधिकार उल्लेख गरिएको छ । उपदफा (() ले १४ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रूपमा राख्न नहुने व्यवस्था गरेको छ ।  कसैले पनि बालबालिकालाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन हुंदैन । संविधानको मौलिक हकमा शोषण विरुद्धको हक, मर्यादित श्रमको हक, उचित रोजगारीको हक, बाध्यकारी श्रम तथा बालश्रमबाट संरक्षणको हक र क्षतिपूर्तिको हकको व्यवस्था गरेको छ । राज्यका नीति अन्तर्गत श्रमलाई मर्यादित र सुरक्षित बनाउने तथा सबै प्रकारका बालश्रमको अन्त्य गर्न राज्यले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने उल्लेख गरेको  छ ।  संविधानको मौलिक हकको कार्यान्वयनका सन्दर्भमा नेपाल सरकारले श्रम ऐन २०७४, बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ तथा बालबालिका सम्बन्धी ऐन २०७५ का साथै मुलुकी देवानी संहिता २)७४ लागू गरेकोछ । यसका साथै कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐन २०५८, अपराध पीडितको हक संरक्षण गर्ने ऐन २०७५, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र मुलुकी अपराध संहिता २०७४ पनि बालश्रमका सन्दर्भमा आकर्षित हुने राष्ट्रिय कानुनहरू रहेका छन् । कति छन् बाल श्रमिक ? एक अध्ययनअनुसार अहिले नेपालमा करिब ११ लाख बालबालिका श्रममा संलग्न रहेको पाइएको छ । सन् २०२१ मा गरिएको नेपाल बालश्रम प्रतिवेदनले ११ लाख बालश्रमिक रहेको देखाएको हो । जसमा दुई लाख बालबालिका जोखिमपूर्ण कार्यमा संलग्न रहेको पाइएको छ । विगतको तुलनामा सुधार भएपनि १४ वर्षभन्दा कम उमेरका झण्डै १८ प्रतिशत बालबालिका श्रम गरिरहेका छन् । बालश्रममा रहेकामध्ये सबैभन्दा धेरै ८७ प्रतिशत बालश्रमिकहरू कृषि क्षेत्रमा संलग्न छन् भने १३ प्रतिशत अन्य क्षेत्रमा रहेका छन् ।  बालश्रमिक हुनुमा पारिवारिक गरिबी, जनचेतनाको अभाव मुख्य कारण रहेको यो प्रतिवेदनले देखाएको छ । तर विभिन्न प्रणालीगत समस्या नियमनका सवाल लगायतका कारण पनि बालश्रम हुने गरेको विज्ञहरू बताउँछन् ।  बालश्रमले तत्काललाई परिवारमा आर्थिक विकल्पको भएपनि दीर्घकालमा भने देशको अर्थतन्त्र र सामाजिक क्षेत्रमै असर पर्ने उनीहरूको तर्क छ । बालश्रमका कारण करिब ११ लाख वयस्कहरू आंशिक वा पूर्णकालीन रोजगारीको अवसरबाट वञ्चित हुनेछन् भने थोरै ज्याला, औपचारिक आर्थिक प्रणालीभन्दा बाहिरबाट ज्यालाको लेनदेनका कारण राज्यको अर्थतन्त्रामा अरबौंको नोक्सानी भइरहेको छ । देश र समाजमा दीर्घकालमा ठूलो असर पर्ने भएकाले बालश्रम न्यूनीकरणमा जोड दिनुपर्ने बालअधिकारकर्मीको भनाइ छ । 

मस्कले घोषणा गरेको टेस्लाको सस्तो ईभी परियोजना रद्द, कार्यकारी र लगानीकर्ता आक्रोशित

काठमाडौं । टेस्लाले बहुप्रतीक्षित २५ हजार डलरको नयाँ इलेक्ट्रिक गाडी परियोजना रद्द गरिसकेको रिपोर्ट रोयटर्सले गत वर्ष सार्वजनिक गरेपछि टेस्लाका केही वरिष्ठ कार्यकारीहरू चकित भए । मस्कले उक्त विषयको खण्डन गरेका थिए ।  ‘रोयटर्सले झुट बोलिरहेको छ’ मस्कले २०२४ अप्रिल ५ मा खबर सार्वजनिक भएपछि केही मिनेटमै एक्समा लेखेका थिए । यस बयानले टेस्लाको सेयर मूल्यमा आएको ६ प्रतिशत गिरावटलाई रोकिदियो । यद्यपि सेयरमा केही सुधार आयो, दिनको अन्त्यमा टेस्लाको स्टक ३.६ प्रतिशतले घटेको थियो । लगानीकर्ताहरूले उक्त गाडी कम्पनीको तीव्र बिक्री वृद्धिको प्रमुख कारण बन्ने अपेक्षा गरेका थिए । तर कार्यकारीहरूले भने त्यो गाडी (धेरै लगानीकर्ताहरूले मोडेल २ भनेर चिन्ने) वास्तवमै रद्द गरिएको थाहा पाइसकेका थिए । कम्पनीले आफ्ना कर्मचारीहरूलाई हप्तौंअघि नै परियोजना रद्द भएको जानकारी गराएको थियो । मस्कको पोस्टपछि केही वरिष्ठ प्रबन्धकहरूले उनलाई प्रश्नसमेत गरेका थिए । तर, केही अन्य कार्यकारीहरू भने मस्कको उक्त पोस्टप्रति चिन्तित थिएनन् । एक व्यक्तिले भनेअनुसार टेस्लाले आफ्नो उत्पादन योजना सधैं लचिलो राख्छ ताकि बजारको अवस्था अनुसार परिवर्तन गर्न सकियोस् । तर अहिले पुराना मोडेलहरूसँग जुधिरहेको र विश्वभर बिक्री घटिरहेको अवस्थामा पनि टेस्लाले अझै त्यो २५ हजार डलरको नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छैन । जसलाई लिएर मस्कले टेस्लाको भविष्यको लागि निर्णायक हुने बताएका थिए । उक्त मोडेल ३ ९४२ हजार ५००० भन्दा सस्तो हुने अपेक्षा गरिएको थियो । बुधबार मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकारको भूमिकाबाट राजीनामा दिएको घोषणा गरे र अब पुनस् टेस्ला, स्पेसएक्स, एक्सएआई, न्युरालिङ्क, र सामाजिक सञ्जाल एक्समा ध्यान केन्द्रित गर्ने बताए । मस्कको पोस्टको केही हप्तापछि टेस्लाले लगानीकर्तालाई अपडेट दिँदै अझै ‘नयाँ सस्तो गाडीहरू’ हालको उत्पादन लाइनमा नै बनाइने योजना जारी रहेको बताएको थियो । पहिले मस्कले योजनाअनुसारको २५ हजार डलरको गाडीलाई पूर्ण रूपमा नयाँ मोडेलको रूपमा घोषणा गरेका थिए जुन नयाँ प्लेटफर्ममा डिजाइन र निर्माण हुने जनाइएको थियो । यस परियोजनामार्फत मस्कले सस्तो इलेक्ट्रिक गाडी उत्पादनमा क्रान्तिकारी प्रविधि प्रयोग हुने बताएका थिए । तर अब टेस्ला ‘मोडेल ३’ र ‘मोडेल वाई’ का सस्ता संस्करणहरू बनाउने तयारीमा छ । ती मोडेलहरूको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन र सन् २०२५ को पहिलो छ महिनामा आउने भनिए पनि ढिला भइसकेको छ । टेस्लाको अप्रिलको आम्दानी सम्मेलनमा इन्जिनियरिङ प्रमुख लार्स मोरावीले भनेका थिए, ‘यी सस्ता मोडेलहरू अहिलेको गाडीहरू जस्तै देखिनेछन् । मुख्य कुरा तिनीहरू सस्तो हुनेछन्- र तपाईंले किन्न सक्नुहुनेछ ।’ मस्कले रोयटर्सको रिपोर्ट अस्वीकार गरेपछि कार्यकारीहरूले उनलाई सोधेका थिए - ‘अब हामी यसबारे आपूर्तिकर्ता र लगानीकर्तालाई के भनौं?’ उनीहरू अन्योलमा परेका थिए । एक स्रोतका अनुसार टेस्लाले सस्तो ईभी बनाउनको लागि वर्षौं विभिन्न रणनीतिहरू विचार गर्दै आएको छ । टेस्लाका लगानीकर्ता ग्यारी ब्ल्याकले मस्कको बयानलाई पूर्ण अस्वीकारको रूपमा नलिएको बताए । मस्कका धेरै बयान छोटो, अस्पष्ट र भावनात्मक हुने गरेको उनको भनाइ छ । तर हालै ब्ल्याकले आफ्नो फन्डको टेस्लामा लगानी ९१।२ मिलियन डलर बराबर० फिर्ता लिएको बताएका छन् ।  मस्कको अस्वीकारले उनलाई नै समस्या केही कार्यकारीहरूले भनेका छन् कि मस्कको अस्वीकारले उनलाई समस्यामा पार्न सक्छ, किनभने लगानीकर्तालाई भविष्यको उत्पादन लाइनबारे झुटो आश्वासन दिएको मानिन सक्थ्यो । सन् २०१८ मा मस्कले कम्पनी निजीकरण गर्ने भनाइमा निवेशकलाई भ्रममा पारेको आरोपमा ४० मिलियन डलर जरिवाना तिरेका थिए । धेरै लगानीकर्ताहरूले अब सस्तो २५ हजार डलरको टेस्लाको आशा त्यागिसकेका छन् । २०२४ मा टेस्लाले पहिलोपटक वार्षिक बिक्री गिरावट भोग्यो र २०२५ को पहिलो त्रैमासिकमा बिक्री १३ प्रतिशतले घट्यो । ट्रम्प प्रशासनमा मस्कको संलग्नताविरुद्धको प्रदर्शनले समेत टेस्लाको छवि बिगारेको छ । अप्रिलमा चिनियाँ कम्पनी बीवाईडीले पहिलोपटक युरोपमा टेस्लाको बिक्री पार गर्‍यो र सस्तो ईभी बजारमा नेतृत्व लिइरहेको छ । बीवाईडीको सीगल ह्याचब्याक गाडी चीनमा १० हजार डलरभन्दा सस्तोमा उपलब्ध छ र अन्य देशहरूमा पनि प्रतिस्पर्धी मूल्यमा बिक्री भइरहेको छ । चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले कार उद्योग संकटमा, उत्पादन बन्द हुने चेतावनी