कालिका लघुवित्तको नाफामा ३०४ प्रतिशत उछाल, लाभांश क्षमता १९.६८ प्रतिशत
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त ३ करोड ३ लाख ७३ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा लघुवित्तको नाफा ३०४.६० प्रतिशत बढेको हो । गत आवमा लघुवित्त संस्थाले ४७ करोड ९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तले ७८ लाख ७९ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५४ करोड २४ लाख ८३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १८ करोड १८ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ । अघिल्लो वर्ष लघुवित्तले ४ करोड ८८ लाख १२ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४० करोड ८५ लाख ७५ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ८ करोड २३ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा थियो । लघुवित्तको वितरणयोग्य नाफा ८ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता १९.६८ प्रतिशत रहेको छ । ४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड २३ लाख ५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ८.२७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ९.७८ प्रतिशत पुगेको छ । गत असारसम्म लघुवित्तको निक्षेप २ अर्ब ३ करोड ६९ लाख रुपैयाँ तथा सापटी २ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ३४ करोड ६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष निक्षेप १ अर्ब ६६ करोड २५ लाख रुपैयाँ तथा सापटी २ अर्ब ७९ करोड १७ लाख रुपैयाँ र कर्जा लगानी ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ७.४५ प्रतिशत रहेको प्रतिसेयर आम्दानी बढेर २७.४० रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ १७८.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.२० गुणा रहेको छ ।
नेरुडे मिर्मिरेको नाफा साढे २३ करोड, १९.८६ प्रतिशतमा झार्यो एनपीएल
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा २३ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त १८ करोड २५ लाख ३९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । गत आवमा लघुवित्त संस्थाले १ अर्ब २९ करोड ४३ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १ अर्ब ४४ करोड ८८ लाख ३७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तले २१ करोड ९ लाख ३२ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, १ अर्ब ५१ करोड ३ लाख ५७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३२ करोड ३० लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ । अघिल्लो वर्ष लघुवित्तले २२ करोड ६८ लाख ४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, १ अर्ब ६७ करोड ५६ लाख ४२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र २० करोड १० लाख ७० हजार रुपैयाँ सञ्चालन नोक्सानीमा थियो । लघुवित्तको वितरणयोग्य नाफा १२ करोड १९ लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३३ करोड २२ लाख ८७ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३१.६४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष घटाएर १९.८६ प्रतिशतमा झारेको लघुवित्तले जनाएको छ । गत असारसम्म लघुवित्तको निक्षेप ७ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ तथा सापटी ९ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी १९ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष निक्षेप ६ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ तथा सापटी १० अर्ब ८५ करोड २१ लाख रुपैयाँ र कर्जा लगानी १९ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष १३.०६ रुपैयाँ माइनसमा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष १६.८८ रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ १८६.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.६९ गुणा रहेको छ ।
बीमा दाबी भुक्तानीमा सलिकोको अग्रता, कुन कम्पनीले कति तिरे ?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ४० करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले एक लाख ५८ हजार ६९३ वटा दाबीबापत ३० अर्ब ४० करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । एक वर्षमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा १७ हजार १०७ वटा दाबीबापत ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ। दोस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षमा २७ हजार ३९ वटा दाबीबापत ४ अर्ब ५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ । तेस्रोमा एनएलजी इन्स्योरेन्सले १३ हजार ४१ दाबी संख्याको ३ अर्ब १९ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ । तेस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । एक वर्षमा कम्पनीले १५ हजार ६७ दाबीको ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले १३ हजार ४१ वटा दाबीबापत् ३ अर्ब १९ करोड ७२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १५ हजार १७८ दाबीबापत् २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले १४ हजार ४६३ दाबीबापत् २ अर्ब १९ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । नेको इन्स्योरेन्सले ११ हजार ४८५ दाबीबापत् १ अर्ब ८९ करोड २ लाख रुपैयाँ, युनाइटेड अजोडले ८ हजार ६८० दाबीबापत् १ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ, सानिमा जिआईसीले ६ हजार ७५४ दाबीबापत् १ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ५ हजार ८१५ दाबीबापत् १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । त्यसैगरी, नेपाल इन्स्योरेन्सले ९ हजार ९३८ दाबीबापत् १ अर्ब २६ करोड ११ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले १ हजार ८३१ दाबीबापत् ७१ करोड ९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १० हजार ५६६ दाबीबापत् ५० करोड १२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १ हजार ७२९ दाबीबापत् ३० करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।