एनआईशी एशियाको ४ अर्बको ऋणपत्र १३ गतेदेखि, १ अर्ब ६० करोड सर्वसाधारणलाई निश्चित

<p>काठमाडौं । एनआईशी एशिया बैंककाे प्रतिकित्ता रु १००० भएका ४ अर्ब रुपैंया बराबरका ४० लाख कित्ता ऋणपत्र यही १३ गतेदेखि खुल्ने भएको छ । &#8216;१० प्रतिशत एनअार्इसी एशिया डिबेञ्चर २०८५/८६&#8217; नाम दिइएकाे उक्त ऋणपत्र निष्कासनका लागि बैंकले बिहीबार आह्वानपत्र प्रकाशन गर्दै न्यूनतम २५ कित्तादेखि २० लाख कित्तासम्म आवेदन गर्न पाउने जनाएको छ । उक्त ऋणपत्र [&hellip;]</p>

काठमाडौं । एनआईशी एशिया बैंककाे प्रतिकित्ता रु १००० भएका ४ अर्ब रुपैंया बराबरका ४० लाख कित्ता ऋणपत्र यही १३ गतेदेखि खुल्ने भएको छ । ‘१० प्रतिशत एनअार्इसी एशिया डिबेञ्चर २०८५/८६’ नाम दिइएकाे उक्त ऋणपत्र निष्कासनका लागि बैंकले बिहीबार आह्वानपत्र प्रकाशन गर्दै न्यूनतम २५ कित्तादेखि २० लाख कित्तासम्म आवेदन गर्न पाउने जनाएको छ । उक्त ऋणपत्र यही मात्र १३ गतेदेखि खुल्नेछ भने छिटोमा मात्र १६ गते र ढिलोमा फागुन १३ गते बन्द हुनेछ । १० बर्ष अवधि तोकिएको उक्त ऋणपत्र वि.सं. २०८५ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १० प्रतिशत बराबरको निश्चित ब्याजदर प्राप्त गर्नेछन् ।

उक्त डिबेञ्चरमध्ये १ करोड ६० लाख रुपैंया बराबरका १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ८०००० कित्ता समेत समावेश रहेको बताइएको छ ।

एनअार्इशी एशिया बैंकले यसअघि पनि कुल ५ अर्ब ३३ कराेड बराबरकाे ऋणपत्र जारी गरिसकेको छ । त्यसमध्ये ५० कराेडकाे डिवेञ्चर ७.२५ प्रतिशत, ३ अर्बकाे ९ प्रतिशत र बाँकी १ अर्ब ८३ कराेड रुपैंया बराबरकाे ऋणपत्र ११ प्रतिशतमा बिक्री गरिएकाे थियाे । याे ऋणपत्र जारी भएपछि बैंककाे कुल ऋणपत्र ९ अर्ब ३३ कराेड रुपैंया पुग्नेछ जुन चुक्ता पुँजी भन्दा बढी हाे । बै‌ंककाे कुल चुक्ता पुँजी ८ अर्ब ३ कराेड छ ।

उक्त ऋणपत्र नेपाल एसबीअार्इ मर्चेन्टमार्फत् बिक्री हुनेछ । सर्वसाधारणले भने अाफ्नाे डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेराे शेयर प्रयाेगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट अावेदन गर्न सक्नेछन् ।

Share News