सहयोगी विकास बैंकले तीन चक्के सवारीमा लगानी गर्ने, ६० % कर्जा दिने
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा ललितपुरमा दर्ता भएको जनकपुरमा शाखा कार्यालय रहेको बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रालिको तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरे । यो संझौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई उक्त ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । तर, कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो संझौतामा उल्लेख छ । कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ । लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङ्गले समेत सघाउनु पर्ने भएको छ । सो कर्जाको लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्नेछ । जमानतस्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्नु पर्नेछ । सो रकम बैंकले जमानतस्वरुप रोक्का राख्न पाउने संझौतामा उल्लेख छ । यदी कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत संझौतामा उल्लेख छ । कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटा ट्रेडिङ्गलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बीमा भएको बीमापत्र, व्लूबुक बैंकलाई बुझाए पछि बाबा अटोमाटा ट्रेडिङ्गलाई भुक्तानी गरिदिने छ । यो संझौता २०७७/०९/३० सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो संझौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिनुभयो । बैंकको यो लगानीबाट आर्थिक अवस्था कमजोर भएका मेहनतीहरुले टेम्पो सेवा सञ्चालन गरी उनीहरुको समृद्धिमा टेवा पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृत रिजालले लिए । आफ्नो सेवाकालको १६ औं बर्षमा हिडिरहेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा विस्तार प्रदान गर्दै आएको छ । माघभित्र थप २ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बैंकले यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ । सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको यो बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ । त्यस्तै बैंकले पुस मसान्त सम्मको बासलातअनुसार २९१ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । गएको १ बर्ष भित्र बैंकले एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, प्रिभिलेज बैंकिङको सुविधाका साथै भिसा नेटवर्कमार्फत ३ वटा शाखामार्फत एटीएम सुविधा उपलब्ध गराउदै आएको छ । थप तीन शाखामा एटीएम सेवा सञ्चालन गर्ने प्रक्रियामा बैंक रहेको छ । त्यसका साथै बैंक ‘पेपरलेस बैंकिङ’ र ‘ट्याब बैंकिङ’मार्फत सेवा दिने तयारीमा रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ । ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म ४ अर्ब ३४ करोड ६८ लाख निक्षेप संकलन गरी, ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ । बैंकमा हाल ८५,००० जना ग्राहकहरु रहेका छन् ।
जनसेवी लघुवित्तको त्रैमासिक समीक्षा, दोश्रो त्रैमासमा ७९ लाख नाफा
काठमाडौँ । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका संचालक मेघनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री, नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, वरिष्ठ प्रवन्धक केशवनारायण प्रधान, सहायक प्रवन्धक हर्षबहादुर स्याड्डतान, कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्मा सहित २५ वटा शाखा कार्यालयहरुबाट सहभागी शाखा प्रमुखको गोष्ठीमा सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, सहायक प्रवन्धक हर्षबहादुर स्याड्डतान र कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्माले गरेका थिए । २५ वटा शाखाका शाखा प्रमुखले शाखाहरुको अबस्था बारे प्रकाश पारेका थिए । शाखाबाट आएका सुभाव- गुनासाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री र नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले स्पष्ट पारेका थिए । संस्थाले १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु मार्फत १३,२०४ जना सदस्यहरुबाट १५ करोड अढ्चालीस लाख सतासी हजार सात सय पचहत्तर रुपैया मात्र बचत संकलन गरेको छ । त्यसैगरी ७,४६८ जना सदस्यहरुलाई एक अर्व साठी करोड अट्ठाइस लाख बयासी हजार पांच सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । दोश्रो त्रैमासमा संस्थाको नाफा ७९ लाख २५ हजार रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए ।
कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको हो । सम्झौतापत्रमा कामना सेवाविकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका हुन् । बैंकका सबै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्तहुने बैंकले जनाएको छ । मुलुकभर फैलिएको ६३ वटै शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याङ्किङ, मोबाइल व्याङ्किङ्, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।