क्यान्सर जनचेतनाको लागि ‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली’

काठमाडौं। काठमाडौँ ग्रुप अफ होटल्स द्वारा आयोजित नेपाल अर्बुदरोग निवारण संस्थाको सहयोगार्थ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनि द्वारा प्रायोजित “ज्योति लाईफ द एमेजिङ मोटर र्याली ” माघ १८ गते सम्पन्न भएको छ। विश्व क्यान्सर दिवसको अवसरमा “क्यान्सर छिटो उपचार गरे निको हुने रोग हो ” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो । नेपाल टुरिजम बार्डको प्रांगणवाट क्यान्सर जनचेतना सम्वन्धि स्टिकरहरु द्वारा सुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकार तथा यस ¥यालीका अध्यक्ष सुनिल शाक्य ज्यूद्वारा झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । गाडीहरु नेपाल टुरिजम बार्डबाट निस्किएका करिब १० घण्टाको यात्रापछि सारङ्गकोटस्थित हिमालय फ्रन्ट होटलमा गएर समापन भएको थियो। प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत गायक धिरज राई, पुर्व तथा हालका मिस नेपालहरु निकिता चन्दक, रोजिना श्रेष्ठ, सहारा बस्नेत, सृखला खतिवडा, रोलनली अमात्य, प्रिया सिग्डेल तथा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्त मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकारको सम्पुर्ण प्रायोजकहरुलाई कृतज्ञता ज्ञापन गर्दै गायक धिरज राईको प्रस्तुति संगै कार्यक्रम समापन गरिएको थियो ।  

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर फागुन २१ देखि, कसले पाउँछन् भर्न ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर फागुन २१ गतेदेखि आउने भएको छ । कम्पनीले हाल कायम रहको ६१ करोड ७६ लाख ३८ हजार ७ सय ५ रुपैंयाँ चुक्ता पुँजीको ०.६५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । जस वापत ४० लाख १४ हजार ६ सय ५१ कित्ता हकप्रद सेयर निष्काशन हुनेछ । माघ २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कायम रहेका सेयर धनीहरुले हकप्रद सेयर भर्न पाउनेछन् । फागुन २१ गते खुल्ने हकप्रद सेयर चैत २५ गतेदेखि बन्द हुनेछ । नेपाल इन्स्योरेन्स कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

सिभिल बैंकको नाफा २४ करोडमा सीमित, रिजर्भमा भने उल्लेख्य सुधार

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा करिब २३ करोड ९८ लाख रुपैंया स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब १० प्रतिशत मात्र नाफा वृद्धि गरी उक्त परिमाणमा नाफा कायम गरेको हो । नियामकीय समायोजनमा ११ करोड छुट्याएको बैंकको खुद नाफा भने ३६ करोड २३ लाख कायम भएको छ । यो नाफा अनुसार बैंकको प्रतिशेयर आम्दानी ९.०१ रुपैंया हो । बैंकले अघिल्लो त्रैमासको तुलनामा निक्षेप र कर्जामा क्रमशः करिब पौने ४ अर्ब र डेढ अर्ब बढोत्तरी गर्दा रिजर्भको आकार भने करिब ७० करोडले बढाएको छ । रिजर्भमा उल्लेख्य रकम बढ्नु र कर्जा लगानीभन्दा निक्षेप संकलन उच्च हुँदा बैंकको सीसीडी अनुपातमा खुकुलोपन आएको छ । बैंकको सीसीडी अनुपात ७८.२१ प्रतिशतमा झरेको हो । अघिल्लो त्रैमासमा यो दर ८० प्रतिशतको नजिक थियो । सिभिल बैंकको यो त्रैमासको कस्ट अफ फण्ड बढ्दा आधार ब्याजदर समेत बढेको छ । अघिल्लो त्रैमासमा १०.९८ प्रतिशतकको बेसरेट यो त्रैमासमा ११.३१ प्रतिशत कायम भएकोृ हो । यसले बैंकको बैंकका ऋणीहरुमा ब्याजदर थप हुने देखिएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १९.८६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.५० प्रतिशत, कस्ट अफ फण्ड आधार ब्याजदर ८.०२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३३.९३ रुपैंया छ ।