कामनाका ६४ शाखाबाट प्रिमियर इन्स्योरेन्सका सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच विहीबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका थिए । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

थानकोटमा खुल्यो कृषि विकास बैंकको शाखा

काठमाडौँ । चन्द्रागिरी नगरपालिका-५ थानकोट कोल्हवीमा कृषि विकास बैंक लि.को शाखा कार्यालयको फागुन ३ गते उद्घाटन भएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक समारोहका बीच कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा उपमेयर लिसा नकर्मी, कृषि विकास बैंक लि.का ब्राण्डएम्वेस्डर दिपाश्री निरौलाको उपस्थिति रहेको थियो ।

गल्छी र बट्टारमा नेपाल इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले धादिङ र नुवाकोटमा शाखा विस्तार गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै धाडिङको गल्छी शाखा र नुवाकोटको बट्टार शाखाबाट बीमा सेवा शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।